धरानमा राईको छोरो सँग दलित केटीको मागि विवाह

धरान । धरानमा उदाहरणीय विवाह हुदै छ । राईको छोरो सँग विककी छोरीले मागि विवाह गरेकी हुन । धरान १३ को नविन राईले धरान १५ की सुस्मा कालिकोटे सँग मागि विवाह गरेका हुन । अहिले पनि मानव सोचाई फराकिलो वन्न नसकी रहेको बेला यी दुईले अन्तरजातीय विवाह गरेका हुन ।

दलित र गैरदलित बीच मागि विवाह गरेका हुन । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रिय अध्यक्ष एवम औजार दैनिकका प्रधान सम्पादक भीम राई ज्वालाको कान्छो भाई हुन नविन । कालिकोटे अर्थात विश्कर्माको छोरी विवाह गरेका छन । दुबै परिवारले स्वीकार गरे पछि जातीय विभेद र छुवाछुतको खाडललाई अन्त्य गर्ने विवाहको टिकाटालो भएको हो ।

Subscribe PURBELI TV

प्रतिक्रिया

सम्बन्धित