शिक्षक बिहिन खोटाङका तीन विद्यालय , भर्ना अभियान र पुस्तक वितरण प्रभावित

खोटाङ / खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका तीन विद्यालय शिक्षक बिहिन बनेको छ । हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित जालन्धर प्रावि, हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवास्थित बालकन्य प्रावि र डिकुवाकै बरगाछी प्रावि बलुइ चैतदेखि शिक्षक बिहिन बनेको हो । जालन्धर प्राविमा कार्यरत अस्थायी शिक्षक कबिन्द्र राई र बालकन्य प्राविका कार्यरत शिक्षक भुपमनी राईले गोल्डेन हेनसेकमा गत चैत ३ गतेदेखि स्वत अवकाश पाएपछि विद्यालय शिक्षक बिहिन बनेको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए ।

यस्तै, कार्यरत शिक्षक तिर्थ खड्काले शिक्षक सेवा आयोगमार्फत स्थायीमा नाम निकालेर दाम्ली माबि डिकुवामा सरुवा लिएपछि बरगाछी प्रावि शिक्षक बिहिन बनेको हो । शिक्षक बिहिन हुँदा तीन वटै विद्यालय बन्द हुने अवस्थामा पुगेको छ । सरकारी दरबन्दीको शिक्षक नहुँदा विद्यार्थी भर्ना अभियान र पाठ्यापुस्तक वितरणका काम समेत प्रभावित भएको छ ।
जिल्ला शिक्षा समन्वय इकाईको कार्यालयले शिक्षक सेवा आयोग उत्तिर्ण गरेका स्थायी शिक्षकलाई नियुक्ती दिएर नगरका विभिन्न बिद्यालयमा पठाए पनि रिक्त दरबन्दीमा शिक्षक नपठाएकाले बिद्यालय बन्द हुने अवस्थामा पुगेको मेयर राईले बताए । ‘शिक्षा समन्वय इकाईको कार्यालयले स्थायी शिक्षक त पठायो, तर हामीसँग समन्वय नै नगरी आफुखुसी पठाइएको छ,’ मेयर राईले भने, ‘आवश्यक विद्यालयमा शिक्षक नपठाउँदा बिद्यालय बन्द हुने अवस्थामा पुगेको छ ।’

कार्यरत एक जना मात्र अस्थायी शिक्षक गोल्डेन हेनसेकमा निस्किएपछि जालन्धार प्राविमा हाल विद्यालय कर्मचारी मात्र बाँकी छन् । विद्यालय शिक्षक बिहिन भएपछि नगर शिक्षा समितिले स्वत अवकाश पाएका शिक्षक कबिन्द्र राईलाई तलव व्यवस्था गरेर चैतभरीको नियुक्ती दिएर परिक्षा सञ्चालन एबं नतिजा प्रकाशनको काम गरिएको श्रोतव्यक्ती नयनकुमार राईले बताए । जालन्धार प्रावि शिक्षक बिहिन भएपछि बिहिबार बसेको शिक्षा समितिको बैठकले महंकला प्राविका शिक्षक लक्ष्मण कार्कीलाई प्रअको भुमीका निर्वाह गर्न र अन्य शिक्षक नियुक्तीको प्रवन्ध गर्नका लागि जिम्मेवारी दिने निर्णय गरेको छ ।

शिक्षक अभावमा हालसम्म सो बिद्यालयमा भर्ना अभियान र पाठ्यापुस्तक वितरणको काम हुन सकेको छैन । यस्तै, एक मात्र दरबन्दीमा कार्यरत शिक्षक गोल्डेन हेनसेकमा अवकाश पाएर निस्किएपछि बालकन्य प्राबिमा हाल बाल बिकास शिक्षक र एक जना कर्मचारी मात्र बाँकी छन् । कार्यरत शिक्षक खत्री आन्तरिक आयोगमार्फत स्थायीमा नाम निकालेर घर पायक रहेको दाम्ली माबिमा सरुवा लिएपछि बरगाछी प्राविमा एक जना बाल बिकास शिक्षक, एक जना अनुदान कोटाको शिक्षक र एक जना कर्मचारी मात्र बाँकी रहेको श्रोतव्यक्ती राईले बताए । ‘नगरपालिकाका तीन विद्यालय हाल सरकारी कोटाको शिक्षक बिहिन बनेको छ,’ श्रोतव्यक्ती राईले भने, ‘शिक्षक नहुँदा विद्यालयको शैक्षिक क्रियाकलाप प्रभावित भएको छ ।’

जिल्ला शिक्षा समन्वय इकाईको कार्यालयले शिक्षक नहुँदा बन्द हुने अवस्थाका बिद्यालयमा शिक्षक नपठाएको भन्दै नगर शिक्षा समितिको बैठकले पठाइएका शिक्षकलाई हाजिर नगराउने र हाजिर भइसकेका शिक्षकलाई तलव नखुवाउने निर्णय गरिसकेको छ । बैठकमा शिक्षक सेवा आयोग उत्तिर्ण गरेपछि सिफारिस भएर आएका शिक्षकको सूची माग गर्ने र पुःन नियुक्ती र पदस्थापनको प्रकृया अघि बढाउने निर्णय भएको मेयर राईले बताए ।

Subscribe PURBELI TV

प्रतिक्रिया

सम्बन्धित