पर्सामा गैरकानुनी औषधी पसल र क्लिनिकको विगविगी, सर्वसधारण ठगिदै, गैरजिम्मेवार स्थानिय तह

बीरगन्ज / पर्साको स्थानिय तहहरुले नियमन र अनुमगन नगरेको कारण अहिले ग्रामिण क्षेत्रमा गैरकानुनी रुपमा स्वास्थ सेवा दिने अबैध डाक्टर तथा औषधी पसल निर्वाधरुपमा संचालन भइरहेका छन् । अशिक्षा र गरिबीको मारमा परेका समुदायलाई लक्षितगरि सिमावर्ती तथा थरुहट क्षेत्रमा गैरकानुनी रुपमा झोले डाक्टर र औषधी पसलेहरु ठगी गरिरहेका छन् ।

अधिकांश ग्रामिण बजार र गाउमा विना इजाजत संचालन भएका औषधी पसलहरुमा झोले डाक्टरले समान्य देखी जठिल रोकका विरामीलाई पनि अपचाको बहानामा ठग्दै आएका छन् । सेवा दिने क्रममा अनुभव र शिक्षा दुवैबाट वञ्चित केवल ठगी गर्ने उद्देश्य राख्नेहरूको सङ्ख्या बढ्दै सर्वसधारण ठगीनुको साथै कतिले मानिसको ज्यान पनि जाने गरेको छ ।

नेपाल सरकारले स्वास्थमा सबैको पहुच स्थापित गर्न प्रत्येक वडामा स्वास्थ चौकी, हेल्थ असिसटेन्ट , अहेव तथा प्रसुती सेवाकालागि अनमीहरु राखेर , गाउका अस्पतालमा निशुल्क औषधीपनि व्यवस्थापन गरेको छ । तर अहिले स्थास्थ संस्था पूर्णरुपले स्थानिय तहमा गाभिएको हुनाले भएको सस्वास्थ संस्थाकोे उचित व्यवस्थापन तथा गैरकानुनी रुपमा संचालित पसल र झोले डाक्टरहरुको अनुगमन, कार्यवाही स्थानिय तहबाट नहुदा सर्व सधारण ठगिन बाध्य भएका हुन ।

पर्साको ठोरी, महादेवपट्टी, जानकीटोला, सुवर्णपुर, निर्मलबस्ती, सेढवा, लङ्गडी, पटेर्वासुगौली आदि स्थानमा गैरकानुनी स्वास्थय सेवा प्रवाहको घटना बढी फेला पर्ने गरेको छ । यस क्षेत्रमा ठगिनेको संख्यापनि उच्च रहेको स्थानियले गुनासो गरेका छन् । बिना इजाजत औषधी पसल संचालन गरि गाउमा बढी जेनरिक तथा प्रतिबन्धीत औषधी खुल्मखुल्ला विक्री हुदापनि स्थानिय तह मौन रहेको स्थानियहरु बताउछन । स्थानिय बजार व्यवस्थापन तथा अनुगमनको अधिकार पालिकाहरुलाई नै भएको र पालिकाबाट कुनै कार्यवाही नहुदा अहिले औषधी , स्वास्थ सेवा मात्र होइन, अन्य अखाध्य र प्रतिबन्धीत नशालु पदार्थ देखी खाधान्यहरुको विक्री वितरण भइरहेको स्थानियले गुनासो गरेको छ ।

यस संन्दर्भमा जिराभवानी गाउपालिका प्रमुख राप्रीत महतोले स्थानिय बजार व्यवस्थापन र नियमनकोलागि ऐन बनीसकेको र यसलाई कार्यन्यवनमा ल्याउन बाकी रहेको बताउदै यसलाई अविलम्ब लागुगरि बजारलाई व्यवस्थीत बनाउन अनुगमनपनि सुरु गरिने बताए ।

Subscribe PURBELI TV

प्रतिक्रिया

सम्बन्धित