शिविरमा होम केयर सेन्टर स्थापना

पथरी / मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नम्वर १० मा रहेको नेपाली भाषी भ्ुटानी शरणार्थी क्याम्पमा होम केयर सेन्टर वनेको छ । होम केयर सेन्टरको उदघाटन गर्दै कार्यक्रमका प्रमुख अथिति प्रदेश नम्वर १ का सांसद सुयर्माराज राईले शिविर भित्रका आधारभुत आवस्यक्ता शिक्षा, स्वास्थ, खाने पानी र बिधुत जस्ता समस्या रहेको र यो समस्या चाडै हल गर्ने संसद राईले बताए ।

नेपाली मुलका भुटानमा जन्मीएका भुटानी शरणाथीहरुले मोरङको पथरीशनिश्चरे १० मा रहेको भुटानी शरणाथी क्याममा होम केयर सेन्टर निर्माण गरेका हुन ।
भुटानबाट खेदिएर पुर्वी नेपालको बिधिन्न स्थानमा बसि तेस्रो मुलुक पुर्णबास भए पछी विभिन्न कारणले रोकीएका आपाङ, अशक्त, असाहय, वेसाहाराहरुका लागि दिन भरि मन भुलाउने थलोका रुपमा सो डे केयर रिक्रियशन सेन्टर को स्थापना गरिएको अमेरिकन हेल्थ केयर सर्भिसका एडमिन्टे«टर गोपाल धितालले वताए ।

अमेरिकी हेल्थ केयर सर्भिस, गौमत इन्सुरेन्स एजेन्सी, इन्ट्रा (ष्लतचब(लबतष्यलब)ि होम केयर सस्थाको सहयोगमा २२ लाख रुपैयाको लगानीमा होम केयर सेन्टर भवन निर्माण गरिदिएको हो । भवनमा शिविर बाहिरका र भित्रका वृद्ध वृद्धाको लागि २ ओटा कोठा र एक स्टेज निमाण रहेको छ । कार्यक्रममा शरणार्थीको हक–हितको क्षेत्रमा काम गर्ने राष्ट्रिय तथा अन्तराष्ट्रिय सस्थाका प्रतिनिधि, राष्ट्रीय कलाकार, दृष्ट्री बिहिन प्रखर प्रबक्ता रमेश प्रसाई तथा स्थानियको उपस्थिति रहेको थियो ।

Subscribe PURBELI TV

प्रतिक्रिया

सम्बन्धित