आफनै श्रीमतीले श्रीमानलाई लुटन पूर्व प्रेमीसंग मिलेर योजना बनाएपछि…

अपराधिक मानसिकताको कुनै सिमा हुँदैन भन्ने उदाहरणहरु बेला बेला सुन्दै र देख्दै आएका छौँ । यसमा महिला र पुरुष कोही कमी छैनन् । पछिल्लो समय नक्कली अपहरणको मुद्धामा पनि निकै बढ्न थालेको छ ।

यस्तै नक्कली अपहरणको घटना दोलखामा घट्यो जहाँ आफनै श्रीमतीले श्रीमानलाई लुटन पूर्व प्रेमीसंग मिलेर योजना बनाईन् । दक्षिणी दोलखाको मेलुङ गाउँपालिका २ की २१ वर्षिया अप्सरा कार्की र भीमेश्वर नगरपालिका ९, पिँडालुबारीका २४ वर्षिय दीपक खत्री नक्कली अपहरण गरी पैसा असुल्न खोजेको आरोपमा प्रक्राउ परेका छन् । बैशाख १ गते आइतबार अप्सरा मेलुङ गाउँपालिका २ स्थित घरबाट शैलुङ गाउँपालिका ८ मा रहेको माइतीघर जान्छु भनी गएकोमा केही घण्टामै सम्पर्कबिहीन भएकी थिइन्।

बैशाख २ गते सोमबार काठमाडौंमा काम गर्ने श्रीमान सूर्यबहादुर खड्काको मोबाइलमा अपरिचित नम्बर र श्रीमतीको मोबाइल नम्बरबाट छुट्टा छुट्टै तर एउटै ब्यहोराको म्यासेज आउँछ। जहाँ लेखिएको हुन्छ “तिम्रो श्रीमती मेरो कब्जामा छ, श्रीमती चाहिने भए एकलाख रुपैयाँ लिएर आऊ, नभए तिम्रो श्रीमतीको लाश मात्र पाउने छौ। मागे जति रकम तुरुन्तै लिई श्रीमतीलाई लिन आउनु।” श्रीमती अपहरणमा परेको धम्की र फिरौती माग गरिएको म्यासेज आएपछि अत्तालिएका खड्काले प्रहरीलाई खबर गरे ।

प्रहरीले त्यसको खोजतलास गर्दा आफनै श्रीमतीले पूर्व प्रेमीसंग मिलेर नक्कली अपहरण गरेको खुल्न आएको हो । उनीहरुलाई भीमेश्वर नगरपालिका ९ स्थित पिंडालुबारीस्थित घरबाटै प्रहरीले प्रक्राउ गरेको हो । प्रक्राउ परेका उनीहरुले आफुहरुबीच प्रेम सम्बन्ध रहेको र भागेर अन्तै बस्ने र व्यवसाय गर्ने योजना बनाएर नक्कली अपहरण गरेको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित