पथरीशनिश्चरेका ५० प्रतिशत निजी बिध्यालय बिनाअनुमती कक्षा संचालन

पथरी / दर्ता नभएका बोडिङले मापदण्ड नपुगेका शिक्षक राख्दा हुने र कसैले अनुगमन नगर्ने भएकाले बिना दता संचालन गर्ने गरेका छन । माथिल्लो कक्षा नचलाउदा बिध्यार्थी र उनिहरुका भाई बहिनी सहितका बिध्यार्थी अन्य स्कुल जाने भएकाले अभिभावकहरुलाई झुकाएर कक्षा संचालन गर्ने गरेका छन । नगरले प्रत्येक स्कुलमा अनुमती प्राप्त सटिबिगेट टास्न निदेशन गरे पनि कुनै शैशिक संस्थाले नियम पालना गरेका छैन्न ।

समाज सुधार्न र भविष्यका कर्णधारी बिध्यार्थी उत्पादनमा लागेका पथरीशनिश्चरेका ५० प्रतिशत बिध्यालयहरुले बिना अनुमती कक्षा संचालनगर्दै आएका छन । केहि बिध्यालय अनुमती बिना संचालन भएको भेटिएका छन भने अन्य बिध्यालयले अनुमती भन्दा माथिीका कक्षा संचालन गर्दै अभिभावक र राज्यलाई ठग्दै आएका छन । पथरीशनिश्चरे नगरमा रहेका निजी बिध्यालयहरु अनुमती भन्दा माथिल्ला कक्षा संचालन गर्दा समेत नगरपालिका मौन बसेको देखिएको छ ।

नगरले नगर भित्र रहेका निजी बिध्यालयलाई नियम भन्दा बाहिर रहेर कुनै पनि गति बिधी नगर्न निर्देशन गरेको र यो नयाँ शैक्षिक सत्रमा अनुगमन गरी कानुनी कर्वाहीमा अघि बढ्ने नगर प्रमुख दिलिप कुमार राईले बताउनु भयो । नगर भित्र संचालित वडा नं. ५ मा रहेको ग्लीम एकेडेमी स्कुलले कक्षा ४ सम्मको संचालन गर्ने अनुमती पाए पनि ६ कक्षाको अनुमती भर्ना खुलाएको छ त्यस्तै सुनदह बोडिङ स्कुल बिना अनुमती ६ कक्षा सम्म संचालग गर्दा सम्म नगर चुपचाप बस्नाले शिक्षाका ठग गर्नेहरुलाई नगरले प्रोसाहन गरेको देखिन्छ ।

पथरीशनिश्चरेको १० वटा वडामा ३७ वटा निजि बिध्यालय छन जस्मा ५० प्रतिशत बिध्यालय मात्र नियम अनुसार संचालन भएका छन भने अन्य बिध्यालयले नगर र अभिभावको आँखामा छारो हालेर संचालन गरेको भेटिएको छ । नगर भित्र अनुमती भन्दा माथीका कक्षा संचालन भएको स्वकार्दै यहि नयाँ शैक्षीक सत्रमा अनुगमन गरि पुर्न त्यस्तो पाएमा अनुमती कक्षा समेत खारेज गर्ने नगर शिक्षा शाखा प्रमुख दुर्गा सिक्देलले बताए । नगरमा प्याब्सन, एन प्याब्सन जस्ता संगठनहरु रहे पनि छन लामो समय देखि रहेको बेथिती हट्न सकेको छैन । ७० प्रतिसत एन प्याब्सनका बिध्यालयले ४ कक्षाको अनुमती लिएर ६ र ८ कक्षा संचालन गरेको र फाईनल परिक्षामा अन्य संस्थामा लगेर परिक्षा लेखाउने गरेका छन ।
प्याब्सनले पटक पटक नगरलाई पत्रचार गरे पनि नगरले चासो नदिएको प्याब्सन नगर कमिती अध्यक्ष उपेन्द्र कडेल बताउछन ।

केहि समय अघि नगर र प्याब्सनले अनुगमन गरेको र पथरीशनिश्चरेका धेरै बिध्यालयले आफ्ना बिध्यार्थी ५ किलोमिटर तल रहेको स्कुलमा लगेर परिक्षा गराएको भेटियो तर नगरले कुनै निर्णनय नलिएकाले शिक्षामा सुधार र गुणस्तर नसुध्रिएको नगर प्याब्सनको ठहर छ । यता बिध्यार्थीहरु जुन स्कुलमा अध्यायन गरेका छन सोहि स्कुलमा परिक्षा लेख्न नपाउने र सठिबिगेट पनि अरुनै स्कुलको पाउने गरेका छन । नगर भित्र रहेका स्कुलहरुलाई त नगरले कानुनि दायरामा ल्याउन सक्दैन्न भने बिकाशको दिसामा कसरी अगाडी बढ्छ ठगिएका अभिभावकहरु बताउछन ।

यसरी राज्य र नगरलाई छलेर शिक्षामा ब्यापार हुदा समेत नगरपालिकाले नियगमन नगर्नु र निती अनुरुप संचालनको दायरामा नल्याउनु भनेको यहा पक्कै सेटिङ भएको अनुमान सबैले गर्न सक्छन ।

Subscribe PURBELI TV

प्रतिक्रिया

सम्बन्धित