सुविजीमुर मेमोरियलको २५ औं अभिभावक दिवस सम्पन्न

सुन्दरहरैचा / मोरङको सुन्दरहरैचा स्थित विराटचाेकमा रहेको सुविजीमुर मेमोरियल माध्यमिक विद्यालयको २५ औँ अभिभावक दिवस विविध कार्यक्रमका साथमा भव्य रुपमा सम्पन्न भएको छ । कार्यक्रम इन्द्रपुर जेसीज मंगल स्मृति प्रतिष्ठान सामुदायिक भवनमा भएको थियो । कार्यक्रममा प्रमुख अतिथि सुन्दरहरैंचा नगरपालिका उपप्रमुख धनमाया तामाङले समाराेहकाे विधिवत रुपमा उद्घाटन गरेकी थिइन ।

उनले कार्यक्रमकाे सम्वाेधन गर्दै सुविजीमुर मेमोरियल मा.वि. यस क्षेत्रकाे राम्रो विद्यालयको रुपमा परिचित रहेकाले विद्यार्थी भाईबहिनीहरु लाई समाज र देशकाे असल कर्णधार बनाउंन विद्यालयकाे अहम भुमिका रहेको बताईन । उनले यस नगरमा धेरै निजी तथा सामुदायिक विद्यालयहरु संचालनमा रहेको बताउंदै शिक्षक ,विद्यार्थी तथा अभिभावककाे त्रिपक्षिय सम्बन्धले मात्र शिक्षा क्षेत्रकाे सुधार र विकास हुने कुरामा जाेड दिईन । उनले नगरवासीहरुबाट शिक्षा क्षेत्रमा आएका सुझावहरुको सम्बोधन गरेर यस नगर भित्र संञ्चालनमा रहेका विद्यालयहरुको गुणस्तरमा सुधार ल्याउन स्थानीय सरकारले पहल गर्ने उल्लेख गरिन ।

अभिभावक दिवस समाराेहमा विधालयका प्रिन्सिपल गाेविन्द कार्कीले वार्षिक प्रगति प्रतिवेदनका क्रममा विधालयकाे वारेमा विविध गतिविधि प्रस्तुत गरेका थिए । उनले वि.स २०५१ सालमा स्थापना भएको कक्षा १२ सम्मकाे पढाई सन्चालनमा रहेको सुविजीमुर मा. वि.मा १४ सय भन्दा बढी विधार्थीहरु सुविधा सम्पन्न भवनमा गुणस्तरीय शिक्षा अनुसार शान्त वातावरणमा भयरहित किसिमले अध्ययनरत रहेकाे जानकारी दिए । शैक्षिक क्षेत्रमा राम्रो नतिजा हाँसिल गदै आएको सुविजीमुरले विद्यालयमा उत्कृष्ट हुने बर्ष भरिका विभिन्न कक्षाका विद्यार्थीहरुलाई पुरस्कार तथा प्रमाण पत्र वितरण गरेको थियो । कार्यक्रममा विद्यालयले २०७५ सालको परिक्षाफल प्रकाशन तथा नयांँ बर्ष २०७६ सालको शुभकामना आदानप्रदान समेत गरेको थियो । कार्यक्रममा विद्यालयका विद्यार्थीहरुले विभिन्न भेषभुषाका साथमा संस्कृति झल्कने अाकर्षक लाेक तथा अाधुनिक नृत्यहरु, मनोरन्जनात्मक प्रस्तुति प्रस्तुत गरेर उपस्थित सबैलाई मनोरञ्जन प्रदान गरेका थिए ।

कार्यक्रममा संस्था तथा व्यक्ति सम्मान अन्तर्गत सुन्दरहरैैंचा ९ को बुधबारेमा रहेको धर्म ,संस्कृति तथा चेतनाकाे विकास गर्ने श्री कृष्ण प्रणामी मन्दिर बाल सेवा अाश्रमलाई विशेस सम्मान गरिएको थियो । सो संस्थाका अध्यक्ष कृष्णप्रसाद वस्ताेला शर्मा लाई अभिनन्दन पत्रद्धारा नगद १० हजार १ रुपैया पुरस्कारका साथमा सम्मानित गरिएको थियो । कार्यक्रममा बर्ष शिक्षक तथा अभिभावकहरु लाई सम्मान पत्र सहित सम्मान गरिएको थियो । समारोहमा गत बर्षकाे एसइई परिक्षामा ४ जिपिए ल्याउने विद्यालयका विद्यार्थी सुभम झालाई नगद रु २५ हजारका साथमा पुरस्कृत गरिएको थियाे । कार्यक्रममा माछापुच्छ्रे बैक शाखा विराटचाेकले विद्यालयकाे अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने विद्यार्थी स्मारीका वस्नेत तथा एन्जल राई तथा विद्यालयका प्रिन्सिपल गाेविन्द कार्कीलाई सम्मान गरेकाे थियाे । साे बार्षिकाेत्सव समारोहमा विद्यालयका उत्कृष्ठ विद्यार्थी विपिसा पाेखरेल , निर्जला गुरागाई तथा अाेलसन कार्कीलाई विविध सुविधाका साथमा ११ महिनाकाे शुल्क सहुलियत गरेर पुरस्कृत गरिएको विद्यालयका लेखापाल मनाेज गुरागाईले बताए ।

उक्त कार्यक्रममा शिक्षासेवी गंगाराम फुयांल , प्याब्सन जिल्ला अध्यक्ष अर्जुन वस्नेत , काेसीहरैचा उवासका अध्यक्ष नवराज चापागाई ,लगायतले सुविजीमुर विद्यालय , शिक्षाक्षेत्र तथा समसामयिक विषयवस्तुकाे वारेमा मन्तव्य व्यक्त गरेका थिए । अभिभावक दिवस समारोहमा स्वागत मन्तव्य विद्यालयका शिक्षक समिर वस्नेत तथा कार्यक्रम संचालन शिक्षक दिपक गाैतमले गरेका थिए । कार्यक्रम विद्यालय संचालक समितिका अध्यक्ष केशव अधिकारीकाे सभापतित्वमा सम्पन्न भएको थियाे l

Subscribe Purbeli TV

प्रतिक्रिया

सम्बन्धित