हरैंचा मोडलको १६ औं अभिभावक दिवस सम्पन्न

सुन्दरहरैचा / सुन्दरहरैचा १ मा रहेको हरैंंचा मोडल इङलिश स्कुलको १६ औं वार्षीकोत्सव तथा अभिभावक दिवस समारोह भव्य रुपमा सम्पन्न भएको छ । विद्यालयको प्राङगणमा भएको अभिभावक दिवस समारोहको विधिवत रुपमा उद्घाटन कार्यक्रमका प्रमुख अतिथी तथा प्रदेश सभा सदस्य राजकुमार ओमmाले गरेका थिए । उनले कार्यक्रममा विगत लामो समय देखी आफ्ना विविध शैक्षिक गतिविधि प्रस्तुत गदै समाजमा शिक्षाको ज्योति र चेतना फैलाउनमा यस हरैचा मोडल स्कुलले महत्वपुर्ण भूमिका निर्वाह गरेको बताए । उनले अबको शिक्षा प्रणाली समय अनुकुल व्यवहारिक तथा रोजगारी मुलक हुनु पर्ने उल्लेख गदै पुस्तक र घोकन्ते विद्या मात्र होईन अहिलेको प्रविधी लाई पच्छाएर अघि बढ्दा सफल बन्न सकिने धारण राखेका थिए ।

अभिभावक दिवस समारोहमा विधालयमा प्रिन्सिपल घनश्याम रिमालले बार्षीक प्रगति विवरणका साथै विधालयको वारेमा विविध गतिविधि प्रस्तुत गरेका थिए । उनले वि.स २०५९ सालमा स्थापना भएको हरैंचा मोडल स्कुलमा ७ सय विधार्थीहरु सुविधा सम्पन्न भवनमा गुणस्तरीय शिक्षा अनुसार शान्त वातावरणमा अध्ययनरत रहेको जानकारी दिए ।

अभिभावक दिवसको अवसरमा नयाँ बर्ष २०७६ सालको शुभकामना आदनप्रदान , शैक्षिक बर्ष २०७५ सालको परिक्षाफल प्रकाशन तथा बर्ष भरीको पढाइ र खेल विधामा उत्कृष्ठ भएका विधार्थीहरुलाई हौसला स्वरुप पुरस्कार वितरण गरिएको थियो । कार्यक्रममा गत बर्षको एसइई परिक्षामा उत्कृष्ठ अंक ल्याउने विधार्थीहरुलाई नगद पुरस्कारको साथमा ेसम्मानित गएिको थियो । समारोहमा पूर्व विधालय व्यवस्थापन समितीका सदस्य यादव ढकाल तथा शिक्षिका सावित्री चौधरीलाई सम्मानित गएिको थियो ।

समारोहमा सांस्कृतिक तथा मनोरन्जनमुलक कार्यक्रम गरिएको थियो । कार्यक्रममा विधार्थीभाई बहिनीहरुले आकर्षक गीत संगीत र नृत्य प्रस्तुत गरि उपस्थित सबैलाई भरपुर मनोरन्जन प्रदान गरेका थिए । समारोहमा कोसीहरैंचा उवासका अध्यक्ष नवराज चापागाई लगायतले हरैंचा मोडल स्कुल, शिक्षाक्षेत्र तथा समसामयिक विषयवस्तुको वारेमा मन्तव्य व्यक्त गरेका थिए । अभिभावक दिवस समारोहमा स्वागत मन्तव्य विधालयका सहायक प्रिन्सिपल रुद्र थापा तथा कार्यक्रम संचालन विधालयका विभिन्न विधार्थीहरुले मिलेर गरेका थिए । कार्यक्रम विधालय व्यवस्थापन समितिका अध्यक्ष अशेश मिश्रको सभापतित्वमा सम्पन्न भएको थियो ।

Subscribe Purbeli TV

प्रतिक्रिया

सम्बन्धित