इटहरी स्थित किड्स ह्याप्पी होमले यसरी मनायो अभिभावक दिवस

सुनसरी/ किड्स ह्याप्पी होमले बिविध कार्यक्रमका साथ अभिभावक दिवस मनाएको छ । इटहरी इटहरी तरहरा  २० स्थित ह्याप्पी होमले बिविध कार्यक्रम गरेर अभिभावक दिवस मनाएको हो। कार्यक्रमको अवसरमा ह्याप्पी होममा अध्ययनरत बिद्यार्थीले बिविध प्रस्तुती प्रस्तुत गरेका थिए।

शिक्षामा गुणस्तर बढाउने उदेश्यले ह्याप्पी होमले सम्झौता गरेको भन्दै प्रिन्सिपल रिता भुषालले भारतकै उत्कृष्ट चेन स्कुल मानिएको आईरिस फ्लोरेट्स बीच सम्झौता गरिएको र एक नम्बर प्रदेशमा किड्स ह्याप्पी होम आईरिस फ्लोरेट्सको पहिलो चेन स्कुल बनेको बताउनुभएको छ।

ह्याप्पी होमसँग सम्झौता भएपछि आईरिस फ्लोरेट्सले ह्याप्पी होमलाई ड्रेस, एकेडेमिक टुल्स, किताबहरु, टिचर ट्रेनिङ, सर्टिफिकेशनलगायतका बिषयमा सहयोग गर्नेछ। कार्यक्रममा इटहरी उपमहानगरपालिकाकी शिक्षा प्रमुख अम्बिका शाह, प्याब्सन सुनसरीका अध्यक्ष मुकुन्द घिमिरे लगायतले स्कुलका बिषयमा बोल्नुभएको थियो।

Subscribe Purbeli TV

प्रतिक्रिया

सम्बन्धित