कामचोर शिक्षकको निगरानी गर्दै उपमहानगर

इटहरी / इटहरीका सरकारी विद्यालयको गतिविधि अव हातैमा हेर्न सकिने भएको छ । इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले उहाँको कार्यकक्षमा दुर अवलोकन पद्धतीको उदघाटन गर्नुभयो । इटहरीका सरकारी माध्ममिक विद्यालयहरुमा सीसी टिभी जडान गरि मेयर चौधरीको कार्यकक्षवाट सवै विद्यालयका गतिविधि हेर्न सकिने पद्धतीको उदघाटन गरिएको हो ।

इटहरी उपमहानगर शिक्षा महाशाखा प्रमुख भूपेन्द्र कोइरालाका अनुसार मेयर उपमेयरको कार्यकक्ष, सम्वन्धित विद्यालय रहेको वडाध्यक्ष र सरोकारवालाले टेलिजिनको स्क्रिन वा मोवाइल वाटै पनि विद्यालयको गतिविधिहरु हेर्न सकिने छ । सरकारी विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि दुर अवलोकन पद्धती जडान गरिएको हो । यो वर्ष माध्यमिक विद्यालय, अर्को बर्ष आठ कक्षा सम्मका विद्यालय र तेश्रो वर्ष इटहरीका सवै विद्यालयमा यो पद्धती जडान गरेर हातैमा इटहरीका विद्यालय छर्लङ्ग पार्न लागिएको हो ।

यो पद्धतीवाट शिक्षकको हाजिरी समेत हेर्न सकिने छ । शिक्षक नियमिति उपस्थित भए नभएको, पूरा समय शिक्षणमा विताए नविताएको जनप्रतिनिधिहरुले डिजिटल अनुगमन गर्न थालिएपछि शैक्षिक गुणस्तर वृद्धिमा ठूलो सहयोग पुग्ने शैक्षिक महाशाखा प्रमुख कोइरालाको विश्वास छ । अनुगमन गर्न विद्यालय जानु पर्ने समय पनि वचत हुने भएको छ ।

Subscribe Purbeli TV

प्रतिक्रिया

सम्बन्धित