धरानका डा.ज्ञानबहादुर श्रेष्ठको निधन

धरान । धरानका पुराना डा.ज्ञानबहादुर श्रेष्ठको निधन भएको छ । उनको आइतबार विहान निधन भएको हो । घरमा नै क्लिनिक चलाएका डा.श्रेष्ठ र उनको उपचार पद्दतीप्रति यति विश्वास थियो कि धरानभित्रकै वीपी प्रतिष्ठानमा उपचार गराउन भन्दा उनको क्लिनिकमा जान्थे ।

डा.श्रेष्ठको आजै धरानको खत्रीधारामा अन्त्येष्टी गर्ने तयारी छ । उनका छोराहरु पनि दुवै चिकित्सा पेशामा नै छन् । एक छोरा डा.निकेश वीपी प्रतिष्ठान छोडेर विराटनगरको एक निजी अस्पतालमा कार्यरत छन् भने बुहारी डा.शैलजा हाल वीपी प्रतिष्ठानमा नै कार्यरत छिन् भने अर्का छोरा भने अमेरिकामा छन् ।

Subscribe Purbeli TV

प्रतिक्रिया

सम्बन्धित