सप्तरीको रुपनीमा निशुल्क आँखा शिविर सम्पन्न

राजविराज / सप्तरीको रुपनी गाउँपालिकामा शनिबार एक दिने निशुल्क आँखा शिविर सम्पन्न भएको छ । जनता बैंक रुपनीको आयोजना तथा गामठाम उत्थान समाज सप्तरीको सहआयोजना आयोजित उक्त शिविरको सो गाउँपालिकाका अध्यक्ष हरेराम यादवले उद्घाटन गरे । सम्पन्न आँखा शिविरमा ६ सय ५० जना आँखाका बिरामीहरुको उपचार गरिएको छ ।

जसमध्ये १ सय ३० बिरामीमा मोतियाबिन्दु देखिएकोले लहान रेफर गरिएको आयोजक संस्थाले जानकारी दिएको छ । शिविरमा प्राविधिक सहयोग नेपाल नेत्र ज्योती संघ र सगरमाथा चौधरी आँखा अस्पताल लहानले गरेको थियो । जनता बैंक रुपनीका शाखा प्रबन्धक रुपेश कुमार यादवको अध्यक्षता तथा रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादवको प्रमुख आतिथ्यमा शिविरको उद्घाटन गरिएको थियो । शिविरमा बिरामीहरुलाई निशुल्क चश्मा र औषधी बितरण गरिएको थियो भने शिवरमा सात जना चिकित्सकको टोलीले स्वास्थ्य उपचार प्रदान गरेका थिए ।

Subscribe Purbeli TV

प्रतिक्रिया

सम्बन्धित