सामुदायिक बिद्यालयमा बच्चा भर्न नगर्ने कर्मचारीको तबल रोक्का

तेह्रथुम  / शैक्षिक गुणस्तर बिकास गर्न जिल्लाको छथर गाउँपालिकाले सामुदायिक बिद्यालयमाआफ्ना बच्चा भर्ना नगर्ने कर्मचारीको तलब रोक्का गर्ने भएको छ । गाउँकार्यपालिकाको मंगलबार बसेको बैठकले यस्तो निणर्य गरेको गाउँपालिकाअध्यक्ष सन्तोष तिगेलाले बताए । निजी बिद्यालयको मोह सँगै शिक्षक, कर्मचारीतथा प्रतिष्ठीत नागरिकहरुले सामुदायिक बिद्यालय तर्फ चासो नदिए सँगैगाउँपालिकाले शिक्षा गुणस्तर गर्ने उदेश्यका साथ यस्तो निणर्य गरेकोगाउँपालिकाले जनाएको छ ।

सामुदायिक बिद्यालयमा खस्कीदै गएको शैक्षिकक्षेत्रलाई मध्यनजर गर्दै जिल्लामा पहिलो पटक छथर गाउँपालिकाले यस्तो निणर्यअघी सारेको हो ।गाउँपालिका क्षेत्र भित्र रहने जनप्रतिनिधी, निजामती कर्मचारी, शिक्षक, महिला स्वास्थ्यस्वमंसेबिका, बिद्यालय ब्याबश्थापन समितीका पदाअधीकारीहरुका साथै राज्यकोषबाटसेवा सुबिधा लिँदै आएका नागरिकका बालबालिकाहरुलाई अनिबार्य रुपमासामुदायिक बिद्यालयमा भर्न गर्नु पर्ने गाउँपालिका प्रबक्ता राजन नेपालीले बताए ।

गाउँपालिकाले गरेको निणर्यलाई बेवास्ता गरे स्थानीय तहबाट हुनेसिफारिसका साथै तबल रोक्का गरीने भएको छ । गाउँपालिकाको निमार्णलेशैक्षिक गुणस्तर बिकासका लागी शिक्षक मात्र नभई सचेत नागरिकका साथैराज्यकोषबाट सेवा लिने कर्मचारीलाई समेत जिम्मेवारी बोध गराउने भएको ।गाउँपालिकाले गरेको निमार्ण लागु भए शैक्षिक गुणस्तर बिकास गर्न कुनैसमस्या नै नभएको सरोकारवाला बर्गहरुले बताउने गरेका छन । शैक्षिक बिकासकानिम्ती गाउँपालिकाले गाउँपालिका क्षेत्रमा रहेका सबै बिद्यालयहरुमा बिद्युतीयहाजिरी गतबर्ष देखी नै थालनी गरेको छ ।

बिद्युतीय हाजिरी थालनी सँगैशैक्षिक क्षेत्रमा शिक्षकहरुले गर्दै मनपरी बिद्यालय हाजिरीमा सुधार आएको प्रबक्तानेपालीले बताए । शैक्षिक सत्रको सुरुवात सँगै गाउँपालिकाले गरेकोनिमार्णलाई कार्यन्वयनमा सजता बन्ने भएको छ । गाउँपालिकामा ९ वटा माध्यमिकबिद्यालय, ३४वटा आधारभुत बिद्यालय र ३ वटा बालबिकास केन्द्र रहेको छन ।

Subscribe Purbeli TV

प्रतिक्रिया

सम्बन्धित