बाबुको निधनपछि छोरीले गरिदिइन् आमाको बिहे- “म पनि सधैँ आमासँग रहन सक्दिन : सुरुमा मान्नुभएन तर पछी आमा पनि खुशी देख्दा म आफूलाई स्वर्गै जितेको जस्तो लागेको छ


कहिलेकाहीँ आफ्नो नियन्त्रणभन्दा बाहिरको काम गर्दा आइपर्ने अप्ठेरोको सामना गर्नुपर्दा नेपाली समाजमा एउटा भनाइ छ भण्डै बाउको बिहे देखेको । कसैलाई बदनियतपूर्वक दुः ख दिन सकैको बाउको बिहे देखाइदिन्छु भन्ने पनि चलन छ । खासमा छोराछोरीले बाउको बिहे नदेख्ने र यो कार्य असम्भव भएकाले यस्तो भनाइ चलिआएको मानिन्छ । आमाको बिहेको बारेमा न कुनै उखान छ न कुनै भनाइ नै । हाम्रो समाजमा छोराछोरीले बाउआमाको बिहे अन्यत्र गरिदिने कुरा कल्पना पनि गर्न सकिँदैन ।

तर समाज बिस्तारै परिवर्तन भइरहेको छ । असम्भव लाग्ने कुरा पनि बिस्तारै सम्भव हुन थालेका छन् । छोराछोरीले बाउ आमाको बिहे गरिदिने कुरा पनि अब सामान्य लाग्न थालेको छ । हो यस्तै परिवर्तनको एउटा दृश्य सामाजिक सञ्जालमा निकै चर्चित बनेको छ । कोयरा नामक एक सामाजिक वेवसाइटमा मानिसहरु समाजका विभिन्न पक्षका बारेमा प्रश्न सोध्छन् र त्यसको उत्तर खोज्छन् । यही वेवसाइटमा रहेको एउटा सवाल जवाफको अंश भने हामीलाई पत्याउन मुश्किल पर्छ । छोरीले आफ्नो बाबुको निधनपश्चात आफ्नी आमालाई जीवनसाथी खोजेर विवाह गरिदिएको घटनाको वर्णन निकै रोचक छ ।

छिमेकी मुलुक भारतको एक जना महिला संहिता अगैवालले आफ्नी आमाको दोस्रो बिहेको बारेमा कोयराको सवाल जवाफमा गर्वका साथ लेखेकी यो कथा कुनै चलचित्रको काल्पनिक दृश्य जस्तो लाग्छ । ‘आमा, दिदी र मलाई टुहुरो बनाएर मेरो बुवा दुई वर्ष पहिले परलोक हुनुभयो ५० वर्षको उमेरमा । दिदीको बिहेवारी भइसकेकाले उनी आफ्नै परिवारमा रमाउन थालिन् । म र आमा निकै पीडाका साथ दिनहरु बिताउन थाल्यौँ । मलाई भन्दा पनि पिताको निधनले आमालाई निकै पीडा भएको थियो । उहाँ हरेक समष् टोलाउने, पिताको तस्बिर हेरेर घण्टौँसम्म बस्ते, पिताले लगाउने कपडाहरु बारम्बार सुम्सुमाउने गर्न लाग्नुभएको थियो । म कामकाजी महिला भएकाले दिउँसोको समयमा बाहिर रहने गर्थेँ । दिनभर आमा बुवाकै सम्झनामा हराउने गरेको कुरा छिमेकीबाट थाह पाएँ । मलाई कामको सिलसिलामा एक दुई हप्तासम्म बाहिर बस्नुपर्ने भयो । यस्तो अवस्थामा मलाई आमाको त्यो अवस्थाले सताइरहन्थ्यो ।

म बिदा मिलाएर आमालाई भेट्न हप्तामा एक दुई दिन आउने गर्थे । मैले आमासमक्ष जागिर छाड्ने कुरा गरेँ । उहाँले मलाई जागिर नछाड् म आफ्नोृ ख्याल राख्न सक्छु भन्नुहुन्थ्यो, तर अवस्था आमाले भनेजस्तो सहज थिएन । कामकै सिलसिलामा म अर्कै सहर जानुपर्ने भएपछि भने मलाई आमाको ठूलो चिन्ता लाग्न थाल्यो । उहाँलाई सधैँसँगै रहने एकजना साथीको आवश्यकता महसुस गरेँ र मैले मेट्रोमोनी वेवसाइडमा एउटा अकाउन्ट बनाएर आमाको परिचय र तस्बिर राखी सम्पर्कका लागि मेरो आफ्नो नम्बर दिएँ । मेरो नम्बरमा निकै मानिसको फोन आउन थाल्यो । यस्तैमा आमाको उमेर सुहाउँदो र सरकारी जागिर भएको एकजना मानिससँग मेरो कुराकानी भयो । जोसँग मेरो कुरा भयो मेरो आमाका लागि उपयुक्त वर थियो । उहाँसँग कुरा त मिल्यो तर मलाई मेरो आमालाई मनाउने हम्मे थियो । मैले आमासमक्ष कुरा राखेँ । तर उहाँ मान्नु भएन । बाँकीको जीन्दगी एक्लै बिताउने प्रण गर्नुभएको मेरी आमा कसैगरे पनि मान्ने अवस्था देखिन । मैले कोसिस जारी राखेँ किनभने म मेरी आमालाई दुःखी देख्न सक्दैनथेँ । आमालाई बारम्बार भन्ने गरेँ उमेर हुँदा त ठिकै छ, चल्ला भोलि सत्तरी असी वर्षको उमेरमा गाह्रो हुन्छ ।

समाजका मान्छेले सधैँ आएर तपाईलाई स्याहादैनन् म पनि सधैँ आमासँग रहन सक्दिन । निकै सम्झाएँ । मेरो प्रयास सफल भयो । आमा मान्नु भयो । मैले खोजेको मेरो बुवामा पनि उहाँले बुवाकै स्वरुप देख्नुभयो । केही समय पहिले मेरो आमाको बिहे भयो । बुवाको परिवारले पनि आमालाई सहर्ष स्वीकार गरेपछि म सफल भएको ठानेँ । आमा पनि खुशी देख्दा म आफूलाई स्वर्गै जितेको जस्तो लागेको छ । समाजले मलाई जे भनोस् तर मैले गर्वलगायक काम गरेँ भन्ने मलाई लागेको छ ।’ यो कथा भारतमा मात्र होइन विश्वभरका करोडौँ मानिसले पढेका तथा यसका केही अंशलाई ट्वीट गरेका छन् भने कतिपय अनलाइनले यो कथालाई प्रमुख समाचार पनि बनाएका छन् । कसैले राम्रो प्रतिक्रिया पनि दिएका छन् र केहीले आलोचना पनि गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित