सुकुना क्याम्पस प्रमुखको राजीनाम माग

बिराटचौक । मोरङको सुन्दरहरैचामा रहेको सुकुना बहुमुखी क्याम्पसका प्रमुख लक्ष्मीकुमार श्रेष्ठले नैतिकताको आधारमा राजीनामा नदिए गलहत्याएर कुर्सीबाट हटाउने नेपाली काँग्रेसका नेताहरुले चेतावनी दिएका छन । नेबिसंघ क्षेत्र नम्बर ३ को आयोजनामा सोमबार बिराटचौकमा भएको बिरोध रयाली पछिको सभामा नेपाली काँग्रेसका मोरङ अध्यक्ष डिगबहादुर लिम्बुले शिक्षा ऐनबिपरित दोहोरो सेवा सुबिधा लिने र सोही कुराको बिरोध गर्दा नेबिसंघका बिद्यार्थीहरुमाथि सांघातिक हमला गर्न अखिललाई उक्साउने श्रेष्ठले नैतिकताको आधारमा राजीनामा दिनु उत्तम बिकल्प भएको बताए । अखिलका बिद्यार्थी प्रयोग गरी नेबिसंघका बिद्यार्थीमाथि भएको सांघातिक हमलाको उनले खेद समेत ब्यक्त गरेका छन ।

सभामा नेपाली काँग्रेसका नेता तथा प्रदेश १ का प्रदेश सभा सांसद सुर्यामाराज राई र लोकप्रसाद संग्रौलाले नेकपाको दुई तिहाईको दम्भ देखाउँदै क्याम्पसलाई पार्टी कार्यलय बनाउने र बिरोध गर्दा आक्रमण गर्नेहरुको ज्यादती सहेर नबस्ने भन्दै क्याम्पस प्रमुखले सोही घटनाको जिम्मेवारी लिँदै राजीनामा नदिए गलहत्याएर कुर्सिबाट हुत्याउने चेतावनी दिए । उनीहरुले नेबिसंघलाई कमजोर नसम्झिन् चेतावनी समेत दिए । संग्रौलाले यहि क्षेत्रबाट निर्बाचित कानुनमन्त्री भानुभत्त ढकालको यस्तै हर्कत कायम रहे यो क्षेत्रबाट उनी बढारिएर आफै जाने समेत बताए ।

कार्यक्रममा नेबिसंघका पुर्ब पदाधिकारीहरु,क्षेत्र नम्बर ३ का सभापति होमनाथ पोख्रेल लगायतले समेत आफना धारणा राखेका थिए । कार्यक्रम शुरु हुनुअघि नेबिसंघको आयोजनामा भएको रयालीले बिराटचौक देखि खोर्साने,क्याम्पसमोड हुँदै क्याम्पसको गेटमा पुगेर नाराबाजी गर्दै बिराटचोकमा पुगी कोणसभामा परिणत भएको थियो ।

Subscribe Purbeli TV

प्रतिक्रिया

सम्बन्धित