एसईई परीक्षा पास गराउन २५ हजारमा ठेक्का !

मोरङ । मोरङको धनपालथानमा एक ट्युसन सेन्टरले एसईई परीक्षा उतीर्ण गराइदिने भन्दै जनही २५ हजार रुपैया लिएको पाइएको छ ।धनपालथान गाउँपालिका– ६ दादरबेरियाको सरस्वती माध्यमिक विद्यालयमा परीक्षा दिने विद्यार्थीले पास गराउने ग्यारेन्टीसहित २५ हजार रुपैया बुझाएर खुला तर्फको एसईई दिएको बताए । मोरङबाट शिवशक्ति माध्यमिक विद्यालयले खुला एसएलसी गराउदै आएको छ । सोही स्कुलको परीक्षा केन्द्र सरस्वती माविमा पर्छ । जहाँ ३६२ विद्यार्थीले एसईई परीक्षा दिइरहेका छन् । परीक्षा केन्द्रमा खुल्ला तर्फबाट मात्र ३०५ विद्यार्थी सहभागी छन् ।

मोरङ, सुनसरी र झापका विभिन्न स्थानका ३०५ विद्यार्थी विभिन्न ट्यूसन सेन्टर मार्फत शिवशक्तिमा जोडिएका हुन् । उतीर्ण हुने सर्तमा २५ हजार रुपैयाँ दिएका विद्यार्थीहरुलाई सेन्टरले गाडी रिर्जब गरेर स्कुलसम्म ल्याउने गरेका छन् । ट्युसन सेन्टरले गाडी भाडा भने बेग्लै लिने गरेको विद्यार्थीहरुले बताए । धरान, उर्लाबारी र भापाबाट नियमित गाडी रिजर्व गरेर विद्यार्थीहरु आउने गरेका छन् । स्कुलमा दैनिक तीन वटा बस रिर्जब गरेर विद्यार्थीलाई ल्याइन्छ ।

धरानबाट परीक्षा भर सहभागी हुन प्रतिविद्यार्थी गाडी भाडा मात्र ३ हजार रुपैयाँ उठाएका छन् । ‘पास हुन्छ भनेर २५ हजार रुपैयाँ बुझाएको हो’ सामाजिक बिषयको परीक्षा दिएपछि बाहिरिएका एक विद्यार्थीले भने ‘पास भएन भने पैसा फिर्ता लिन्छु ।’ धरान, उर्लाबारी, पथरी र दमकमा सञ्चालित केही ट्युसन सेन्टरले विद्यार्थीलाई परीक्षामा सहज बनाउन गेस पेपरपनि उपलब्ध गराउने स्थानीयहरु बताउछन् । विहान विद्यार्थी लिएर स्कुल आउने ट्युसन सेन्टर सञ्चालक परीक्षा अवधीभर बसेर विद्यार्थी लिएर फर्कन्छन् ।

तर विद्यालयका केन्द्राध्यक्ष भगवान यादव परीक्षा खुकुलो नभएको बताउ । ‘हामी गेटमा नै चेक गर्छाैं’ उनले भने ‘ भित्र अली अली चिट चोर्छन् होला ।’ उनी धेरै टाइट पनि गर्न नसक्ने बताउँछन् । उनी विद्यार्थीहरुबाट ट्युसन सेन्टरले २५ हजार रुपैयाँका दरले उठाएको आफूले पनि सुनेको बताए ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित