विराट आँखा अस्पतालमा रेटिनाको शल्यक्रिया शुरु

विराटनगर / विराट आँखा अस्पतालले अत्याधुनिक मेशिनको प्रयोगबाट रेटिनाको शल्यक्रिया शुरु गरेको छ । अस्पतालले शुक्रबार यहाँ पत्रकार सम्मलनको आयोजना गरी रु तीन करोड लागतमा खरीद गरिएको उक्त मेशिनबाट सेवा शुरु गरेको जनाएको छ । अस्पतालका सञ्चालक राजेश प्रसार्इंले उपचारका लागि आउने बिरामीमध्ये आँखाको पर्दा रेटिनाको शल्यक्रिया गर्नका लागि अन्य अस्पताल पठाउनु परेको समस्या अब अन्त्य भएको बताउनुभयो ।

अस्पतालले वार्षिक एक लाखलाई बहिरङ्ग सेवा र १६ हजार बिरामीको शल्यक्रिया गर्दै आएको छ । देशभरमा करीब ३५ वटा आँखा अस्पताल रहेकामा यस्तो सेवा धेरै कम अस्पतालले उपलब्ध गराएको उहाँले दाबी गर्नुभयो । उक्त सेवाबाट प्रदेश नं १ का साथै छिमेकी भारतको विहार लगायतका क्षेत्रका बिरामीलाई पनि फाइदा पुग्ने अस्पतालको दाबी छ । अस्पताल विसं २०६८ फागुनदेखि सञ्चालनमा आएको हो ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित