धनकुटामा अनौठो परम्परा : मलामीलाई खाजाकाे रूपमा ‘बाख्राको मासु’ !

धनकुटा / धनकुटा नगरपालिका क्षेत्रमा मात्र बसोबास गर्ने आठपहरिया जातिले कुनै पनि ब्यक्ति दुर्घटना, चोटपटक वा आत्महत्या गरी मृत्यु भएमा निजको मृत्यु भएकै दिन मलामीहरुलाई बाख्राको मासु खुवाएर सुद्दाई कर्म सक्ने अनौठो परम्परा रहिआएको छ । पहिला–पहिला यी समुदायका सबै मलामीहरुले खाजाको साथमा बाख्राको मासु नै खाने गरेपनि अहिले भने मृतकको नाममा चढाएर छाड्ने गरिन्छ ।

आठपहरिया जातिकाे इतिहाँस : ५ हजार बर्ष पहिले (जुन हिन्दु धर्मको माहाभारत काव्य ग्रन्थमा उल्लेख छ) राय जाती बस्द्थे । तिनीहरुलाई नै किरात भनिन्थ्यो । समय क्रम सङ्गै तिनीहरु दक्षिणी भेगतिर बसाइ सर्दै गएका थिए । आजकल यो जातिको बहुसंख्यक राई/राय जाती पुर्बी तराइ र भारतका विभिन्न ठाउमा बस्दछन । पछि गएर मुलभुमी दक्षिणी चाइनाबाट बर्माको उत्तर भेगमा बस्दै आएका मोङोल मुलका मानिसहरु विभिन्न कालखण्डमा बसाइ सर्दै गर्दा भारतको असाम, सिकिम्म हुदैन पुर्बी नेपालमा १५औ सताब्दीतिर आएका थिए! नेपालमा भएका जुन राइहरु अहिले छन तिनीहरुका वास्तविक नाम राई हुँदै होइन।

तिनीहरुका नाम चाइनिज या बर्मिज शब्द सङ्ग मेल खाने थुलुङ, हाङ, नेवाङ,… जस्ता थर भएका हुन। तर आधुनिक काल सुरु भएपछि जब नागरिकता बनाउन सुरु गरियो तब नेपालीका कर्मचारीहरुले तिनीहरुका थर चाइनिज या बर्मिज शब्दका उच्चारण गर्न असजिलो लागेकोले तिनीहरुका थर राई लेखिदिए किनकी राय/राई त्यो क्षेत्रमा बस्ने आदिम जाती थियो त्यस्को पछिल्लो पुस्ता बिराटनगरमा बिराट राज शासन गर्स्थे भने पुबि पहाडका केही भागमा बिजयपुर र चौदन्डी राज्य थिए। हालका राई लिम्बुहरुको राज्य आधुनिक राज्यको स्वरुपमा नभइ गाउँ गाउँ पिछे मुखिया रहने परमपरा थियो। अत मोरङ्ग , झापा, सुन्सरी लागयतका ठाउमा बस्ने बसि आएका र केही भारतमा रहेका राई रावत राय वास्तविक राई हुन। हालका राई भनिने नेपालीहरु १५/१६औ सताब्दिमा पूर्वोत्तर भारतबाट नेपाल भित्रीएका हुन।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित