सुकुनामा नेबिसंघको आन्दोलनले लियो उग्ररुप, क्याम्पसमा पठनपाठन बन्द

बिराटचौक । मोरङको सुन्दरहरैचामा रहेको सुकुना बहुमुखी क्याम्पसमा नेपा बिद्यार्थी संघको आन्दोलनले उग्ररुप लिएपछि पठनपाठन बन्द भएको छ । पठनपाठन सुचारु गर्न,र कुटपिटबाट घाईते भएका आफना नेता कार्यकर्तामाथि पक्राउ गरी कारबाही गर्न माग गर्दै नेबिसंघले आन्दोलन शुरु गरेको तेस्रो दिन शुक्रबार समेत बिरोध कार्यक्रम सहित क्याम्पसको गेटअघि प्रर्दशन र कोणसभा गरेको छ ।

क्याम्पस प्रमुख लक्ष्मीकुमार श्रेष्ठ सहित १३ जना प्राध्यापकहरुले लिईरहेको दोहोरो सुबिधा लगायत ६ बुँदे मागसहित शान्तिपुर्ण आन्दोलनमा उत्रिएका नेबिसंघका नेता कार्यकर्तामाथि बुधबार अखिलका कार्यकर्ताहरुले आक्रमण गरी आधा दर्जन बढी बिद्यार्थीलाई घाईते बनाएका थिए । क्याम्पस प्रमुख सहितको निर्देशनमा बिद्यार्थीमाथी कुटपिट भएको नेबिसंघको आरोप छ ।

नेबिसंघले आक्रमणमा संलग्नहरुको नाम नै किटान गरी प्रहरीमा जाहेरी दिएपनि ईलाका प्रहरी कार्यलय बेलबारीले जाहेरी नलिएको र उल्टै आक्रमणमा संलग्नहरुको संरक्षण भन्दै गरेको नेबिसंघ आन्दोलित भएको हो । शुक्रबार आयोजित कोणसभामा नेबिसंघका क्षेत्र नम्बर ३ का सभापति होमनाथ पोख्रेल,नेबिसंघ सुन्दरहरैचा अध्यक्ष गोपाल कार्की,नेबिसंघका पुर्ब क्याम्पस ईकाई सभापति राजेश खत्री लगायतले नेकपाको २ तिहाईको दम्भ देखाएर क्याम्पसमा राजनीति गर्न आफना बिद्यार्थी उकासेको र संरक्षण गरेको आरोप लगाउँदै आफुहरु चुप लागेर नबस्ने चेतावनी दिएका छन । कार्यक्रम अघि बिराटचौकबाट क्याम्पस सम्म नेबिसंघले बिरोध रयाली आयोजना गरेको थियो ।

याे पनि पढ्नुहाेस्

सरस्वतीको मन्दिरमा रगतको होली : सुकुना क्याम्पस बन्यो रणभुमि, गेटमा प्रहरीको पहरा ( १७ तस्विरहरू सहित)

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित