सुनसरीमा बर्डफ्लु,लाखौँका कुखुरा हाँस नष्ट

सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका–१८ हरिपुरमा पालिएको कुखुर र हाँसमा बर्डफ्लु देखा परेको छ । केही दिनअघि कुखुरा अचानक मर्न थालेपछि भेटनरी टोलीले गरेको परीक्षणमा बर्डफ्लु भएको पुष्टि भएको हो । जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकार उपे्रतीले हरिपुरमा बर्डफ्लु भेटिएको जानकारी दिए । ‘इटहरी नगरपालिका–१८ मा बर्डफ्लु भेटिएको भन्ने जानकारी पाउनसाथ नियन्त्रणको प्रयास गरिएको छ,’ उनले भने, ‘अन्य ठाउँमा भेटिएको जानकारी आएको छैन, पशु कार्यालयले समेत जानकारी दिएको छैन । ’

बर्डफ्लु लागेपछि राजु बस्नेतको बी एण्ड जी अग्र्यानिक कृषि फर्ममा रहेका करिब तीन हजार कुखुरा नष्ट गरिएको छ । त्यसबाट २४ लाखको क्षति भएको अनुमान गरिएको छ । बर्डफ्लु भेटिएसँगै फर्ममा रहेको सबै कुखुरा र हाँस मारिएको बस्नेतले जानकारी दिए । ‘भेटनरी अस्पतला सुनसरीका डा. मनोजकुमार महतोको टोलीले बुधबार दुई हजर १ सय वटा कुखुरा, ९ सय वटा हाँस, आठ कार्टन अण्डा र ५ सय किलोग्राम दाना नष्ट गरिएको छ,’ उनले भने, ‘नेपाल बैंकबाट लिएको ऋण सबै घाटा लाग्यो, कसरी तिर्ने ?’ फर्मसँगै आसपासका तीन किलोमिटर क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ । हरिपुर आपासका क्षेत्रमा फर्मको जाँच समेत गरिएको छ ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित