बालवालिकालाई खेलकुद सामाग्री हस्तान्तरण

माेरङ / माेरङ सुन्दरहरैचा २ स्थित जाेगीयारेकाे श्री नमुना बाल अाधारधुत विधालयमा बाल खेलकुद सामाग्री हस्तान्तरणकाे कार्यक्रम भएको छ । पाथिभरा स्वतन्त्र महिला समाजको अायाेजनामा कार्यक्रम भएको थियाे । गरिव ,दलित ,पिछडावर्ग तथा अवसरबाट बन्चित भएका करिव ३५ जाना ससाना बालवालिकाकाे हितका लागि खेलकुदकाे सामाग्री वितरण गरिएको अायाेजक समाजकी अध्यक्ष प्रमिला दुलालले बताइन ।

बाल खेलकुद सामाग्री हस्तान्तरणकाे कार्यक्रम तेस्रो सुन्दरहरैचा एक्स्पाेमा महिला समाजले राखेकाे स्टलबाट नाफा भएको रकमले करिव ४० हजार मुल्य बरावरकाे चाकाचुली , चिप्लेटी, घाेडा , पिङ , लगायतका खेलकुद सामाग्री विधालयमा पढ्ने बालवालिकाले खेल्दै खुसि भएर रमाउन पाउंन भन्ने उदेश्यले हस्तान्तरण गरिएको अायाेजक समाजकी सहसचिव सुनिता ढकाल पाेखरेलले बताइन ।

वडाध्यक्ष डोरीलाल चौधरीको प्रमुख आतिथ्यमा कार्यपालिका सदस्य रामलाल गच्छदार,बिधालय ब्यवस्थापन समितिका अध्यक्ष भागवतनाथ खवास,स्थानीय समाजसेवी तथा बिधालयका प्र•अ• लगायत बिधालय परिवारकाे सहभागितामा कार्यक्रम भएको थियाे । पाथिभरा स्वतन्त्र महिला समाजकाे चाहाना, समुन्नत तथा अादर्श समाजकाे स्थापना भन्ने नाराका साथमा विगत केही बर्ष देखि महिला दिदिबहिनीहरुकाे सहभागितामा स्थापना भएको यस संस्थाले छाेटाे समयमा विविध सेवामूलक काम गरि अघि बढेकाे समाजकी सचिव वुन्दा थापा दाहालले बताइन ।

प्रतिक्रिया

सम्बन्धित