न्यूरोमा छारे रोग सम्बन्धी निबन्ध प्रतियोगिता

विश्व छारे रोग दिवशको अवसरमा विराटनगरको न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलले तिन दिने कार्यक्रम मध्ये आइतबार छारे रोग सम्बन्धी निबन्ध प्रतियोगिता सम्पन्न भएको छ । न्यूरो अस्पतालको सभा कक्षमा सम्पन्न भएको छारे रोग तथा यस प्रतिको भ्रम सम्बन्धी निबन्ध प्रतियोगितामा एक दर्जन भन्दा बढि बिद्यालय तथा कलेजका बिद्याथीहरु सहभागि भएका थिए ।

उक्त निबन्ध प्रतियोगितामा न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटि अस्पतालका बरिष्ठ न्यूरोलोजिस्ट डाक्टर बिरेन्द्रकुमार बिष्टले छारे रोग , नशा सम्बन्धी रोगको लक्षण हो तर यसप्रति व्याप्त अन्धविश्वासलाई आम जनमानस सामु सत्य तथ्य उजागर गर्ने कार्यमा यूवाहरुको समेत महत्वपूर्ण भुमिका रहेको बताउनुभयो । न्यूरो अस्पतालले हरेक बर्ष छारे रोग सम्बन्धी सचेत्नात्मक कार्यक्रम गर्दै आएको छ । यस्तै सोम्बार दिनको एक बजे अभिमुखिकरण कार्यक्रम तथा मंगलबार बिहान ८ बजे प्रभातफेरी पछि निबन्ध प्रतियोगिताको नतिजा घोषणा गरिने छ ।

प्रतिक्रिया

सम्बन्धित