सेताे बङगला एकेडेमीकाे वार्षिकोत्सब सम्पन्न

इटहरी / इटहरी उपमहानगरपालिका – ४ मा रहेकाे सेतो बङगला एकेडेमीको १२औं वार्षिकोत्सब अभिभावक दिवस तथा पुरस्कार वितरण समारोह भव्य रुपमा सम्पन्न भएको छ । विधालयकाे प्रङगणमा भएको बार्षिकोत्सव समारोह काे विधिवत रुपमा उद्घघाटन विदुषी राधिका दासीले गरेकी थिईन । उनले कार्यक्रममा मेहनतका साथमा विगत १२ वर्षदेखी आफ्ना विविध शैक्षिक गतिविधि प्रस्तुत गदै समाजमा शिक्षाको ज्योति र चेतना फैलाउनमा यस सेताे बङ्गला एकेडेमीले महत्वपुर्ण भूमिका निर्वाह गरेको बताईन । उनले कार्यक्रमलाई थप सम्बोधन गदै अबको शिक्षा प्रणाली समय अनुकुल हुनु पर्ने बताउँदै यस विधालयले समाजमा भएको विकृति , विसङगती हटाएर समाजसेवामा लाग्न चाहाने विधार्थी भाई बहिनीहरुलाई समेत प्रेरित गर्न अावश्यक भएको बताईन ।

कार्यक्रममा विधालका संस्थापक अध्यक्ष विक्रम श्रीले विधालयकाे वारेमा एेतिहासीक जानकारी प्रस्तुत गरेका थिए । वार्षिकोत्सब समाराेमा विधालयका प्रवन्ध निर्देशक कविता लम्सालले सेताे बङ्गाला एकेडेमीकाे वारेमा महत्त्वपूर्ण जानकारी प्रस्तुत गरेकी थिईन । कार्यक्रममा समाजमा रहेर महत्त्वपूर्ण याेगदान पु-याउने तथा विधालययकाे उन्नती प्रगति चाहाने विभिन्न व्यातित्वहरुलाई सम्मान गरिएको थियाे । सम्मानित हुनेहरुमा विदुषी राधिका दासी , वडाध्यक्ष चन्द्र भट्टराई , सुनसरी प्याब्सन उपाध्यक्ष काेपीला गाैतम रहेका छन । अभिभावक दिवसकाे अवसरमा बर्ष भरिका उत्कृष्ट विधार्थीहरुलाई हाैसला स्वरुप पुरस्कार वितरणकाे कार्यक्रम समेत गरिएको थियाे ।

कार्यक्रममा विधार्थी भाईबहिनीहरुकाे मनाेरन्जनमुलक र अाकर्षक लाेक तथा अाधुनिक नृत्य प्रस्तुतको कार्यक्रम भएको थियो । समारोहमा विधालयका अभिभावक कमल राई , उपप्रध्यापक सुमन सुवेदी, राष्ट्रिय जागृती क्लब इटहरीका अध्यक्ष संजिव ढुङ्गाना , अग्रज पत्रकार तथा साहित्यकार कृष्णविनाेद लम्साल, प्रिन्सिपल अम्वरध्वज राई लगायतले सेताे बङ्गला एकेडेमी शिक्षाक्षेत्र तथा समसामयिक विषयवस्तुकाे वारेमा मन्तव्य व्यक्त गरेका थिए ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित