अब सवै नगरवासीको निःशुल्क उपचार !

बिर्तामोड / अर्जुनधारा नगरपालिकाले आफ्ना नगरवासीलाई औषधि उपचारमा विशेष सहुलियत प्रदान गर्ने भएको छ । खानपान र रहन सहनका कारण स्वास्थ्यमा विभिन्न प्रकारका रोग लाग्न थालेपछि नगरपालिकाले नगरवासीलाई स्वास्थ्य उपचारमा सहुलियत दिने निर्णय गरेको नगरप्रमुख हरिकुमार रानाले बताउनुभयो । रानाका अनुसार मधुमेह, व्लडप्रेसर जस्ता रोगका कारण पीडित बनेकाहरुलाई निःशुल्क औषधि वितरण गर्न लागिएको छ ।

अर्जुनधारामा रहेको स्वास्थ्य चौकीलाई अस्पतालमा रुपान्तरण गर्दै नगरवासीलाई स्वास्थ्य सेवामा सहज पहुँचका लागि काम भईरहेको नगरप्रमुख रानाले बताउनुभयो । जसका लागि नगरपालिकाले २० लाख ६८ हजार वजेट विनियोजन गरेको छ ।

विनियोजित वजेटबाट स्वास्थ्य चौकीको स्तरोन्नति गरिने बताइएको छ । अस्पताल निर्माणका लागि स्वास्थ्य चौकीले अनुमति पाएको नगरप्रमुख रानाले बताउनुभयो । यहाँ रहेको पीएचसी अस्पताल भएसंगै सवै नगरवासीले प्रेसर र सुगर जस्ता रोगको औषधि निःशुल्क पाउँछन् नगरप्रमुख रानाले भन्नुभयो – हाम्रो उद्देश्य भनेको समग्र नगरवासीलाई स्वास्थ्य राख्नु हो । यदि कोही विरामी भए आर्थिक अभावले उपचार नपाएर ज्यान गुमाउनु नपरोस् ।’

यस अघि नगरपालिकाले गम्भीर प्रकृतिका रोग (मुटु,क्यान्स, मृगौला आदि) लागेको खण्डमा औषधि उपचारका लागि नगरपालिकाले नै सिफरिस दिने व्यवस्था गरेको थियो । यस अघि जिल्ला जनस्वास्थ्य कार्यालयबाट मात्र सिफरिस गरिदै आएको थियो । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित समितिले उपचारका लागि विरामीलाई सिफारिस गर्दै आएको र यस्ता गम्भीर प्रकृतिको रोग लागे एक लाख रुपैयाँसम्म औषधि उपचारमा सरकारले सहयोग गर्दै आएको छ । यसैबीच नगरपालिकाले स्वास्थ्यसंगै विकास निमार्णलाई समेत तीव्रता दिएको छ ।

विभिन्न कारणबाट अर्जुनधाराको विकासका लागि नगरपालिकाले सडकसंगै, शिक्षा, स्वास्थ्य, कृषिको विकासमा विशेष पहल गरिरहेको नगरप्रमुख रानाले बताउनुभयो । उहाँले भन्नुभयो –‘स्थानीय स्रोत साधन र उपभोक्ताको लागतमा गत वर्ष झण्डै अढाई किलोमिटर सडक कालोपत्रे गरिएको छ । यस वर्षपनि झण्डै तीन किलोमिटर सडक कालोपत्रे गर्ने नगरको लक्ष्य छ ।’

नगर क्षेत्रमा ४० किलोमिटर भन्दा बढी सडक स्तरोन्नति गरिएको र साना सडकलाई फराकिलो पार्ने काम भइरहेको रानाले बताउनुभयो । नगरमा ५५ वटा पुल निर्माण भएको र यस आर्थिक वर्ष भित्रमा ३१ वटा पुल निर्माण गर्ने लक्ष्य लिएको रानाको भनाई छ । गत वर्ष एक सय जोडी ह्युमपाईप लगाएको र चालू आर्थिक वर्षमा ५० जोडी ह्युमपाईप राख्ने योजना रहेको रानाको भनाई छ ।

शिक्षा क्षेत्रका लागि झण्डै ६० लाख वजेट विनियोजन गरिएको भन्दै उक्त वजेटले विद्यालयको पूर्वाधार निर्माण गरिने भएको छ । नगरक्षेत्रका सवै वालवालिकालाई सामुदायिक विद्यालयमै गुणस्तरीय र प्रविधि मैत्री शिक्षाका लागि वजेट विनियोजन गरिएको छ नगरप्रमुख रानाले भन्नुभयो –‘ अव अर्जुनधारा नगर क्षेत्रका सवै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुध्रन्छ ।’

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित