बिराटनगरको मेरिल्याण्ड कलेजमा नेपालमा ख्यातिप्राप्त उद्यमीबाट उद्यमशीलता कार्यशाला हुने

बिराटनगर / बिराटनगर-६ स्थित मेरिल्याण्ड कलेज बिराटनगरमा बिद्यार्थीको लागि उद्यमशीलता कार्यशाला हुने भएको छ । मेरिल्याण्ड कलेजमा चैत १५ गते उक्त कार्यक्रम हुन् लागेको हो । युवा र उद्यमशीलता बिषयमा हुने उक्त कार्यशालामा ज्योति समुहमा निर्देशक सौरभ ज्योति , दि फक्तरी टिमका प्रमुख कार्यकारी निर्देशक अहमद डुल्ला साथै एम एम ग्रुपका प्रबन्ध निर्देशक सुयश प्याकुरेलले बिद्यार्थी संग छलफल गर्ने साथै उद्यमशीलताको बारे कार्यशाला गर्ने कलेजका बिजनेस डेभलप्मेन्ट म्यानेजर बिबेक दाहालले जानकारी दिए ।

कलेजमा बेलायतको युनिभर्सिटी अफ वल्भरह्याम्टनको बिबिएम पढिरहेका सम्पूर्ण बिद्यार्थीहरुलाई वास्तविक उद्यमी र नेपाली बजार क्षेत्रको जानकारी दिने उदेश्यका साथ उक्त कार्यक्रम आयोजना गर्न लागिएको कलेजका प्रमुख कार्यकारी डा. ऋषिकेश वाग्लेले बताए । इनोभेट नेपाल ग्रुपको व्यस्थापनमा संचालित यस कलेजमा बेलायतको बिजनेस डिग्री सर्वशुलभ शुल्कमा अन्तरास्ट्रियस्तरमा नै पढाइ हुदै आएको छ । इनोभेट नेपाल ग्रुपको व्यस्थापनमा मेरिल्याण्ड कलेज बिराटनगर, इटहरी इन्टरनेसनल कलेज , इस्लिंग्टन कलेज काठमाडौं , हेराल्ड कलेज काठमाडौं र इन्फोम्याटिक्स कलेज पोखरा संचालनमा रहेका छन् ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित