परीक्षाका मुखमा ७ शिक्षकले स्कुल छाड्दा पठन पाठनमा समस्या

मोरङ / मोरङको बेलबारी नगरपालिका–१० मा रहेको एउटा माध्यमिक विद्यालयबाट परीक्षाका मुखमा ७ शिक्षकले विद्यालय छाड्नु पर्ने अवस्था आएको छ । धीरनाथ संफूल विश्वास माविबाट ७ शिक्षकले विद्यालय छाडेका हुन् । एक जनाले राजीनामा दिएको र अन्य जना शिक्षक सेवा आयोगले लिएको परीक्षामा उत्तीर्ण हुन नसक्दा एकै पटक ७ शिक्षकले विद्यालय छाड्नु पर्ने अवस्था आएको हो । १६ शिक्षक रहेको विद्यालयबाट एकै पटक ठूलो संख्यामा शिक्षक बाहिरिंदा पठन पाठनमा समस्या भएको छ ।

वर्षीक परीक्षा आउनै लाग्दा त्यसको तयारीमा लाग्नु बेलामा समस्या भएको प्रधानाध्यापक पूर्ण कोइरालाले बताए । अनुत्तीर्ण हुने शिक्षकमा ३ जना निम्न माध्यमिक तह र ३ जना प्राथमिक तहका छन् । पुराना शिक्षक भीमहादुर बिष्टले राजीनामा दिएका छन् । प्रअ कोइरालाले शिक्षक अभाव हुँदा विद्यालयको पठन पाठन र आउनै लागेको वार्षीक परीक्षा सञ्चालनमा प्रभावित हुने बताए । उनका अनुसार ७ जना शिक्षकले पठन पाठन गराउँदै आएको विषय अहिले खाली भएको छ ।

नगरपालिकाले पनि विषयगत शिक्षकको पदपूर्ति गर्न नसकेको कोइरालाले बताए । शिक्षक अभावमा वार्षीक परीक्षाको अन्तिम तयारी समेत गर्न नसकिएको उनको भनाइ छ । शिक्षक अभावमा वार्षीक परीक्षा सञ्चालन गर्न पनि समस्या हुने जानकारी दिंदै कोइरालाले भने, ‘विद्यालयमा परीक्षा लिंदा विद्यार्थीमाथि निगरानी गर्ने शिक्षक समेत अभाव हुने भएको छ । शिक्षक अभावमा विद्यार्थीको पाक्नै बालीका रुपमा लिइने परीक्षाको अन्तिम तयारी पनि गर्न पाइएको छैन । तत्काल शिक्षकको पदपूर्ति गर्न नगरपालिकासँग माग गरेका छौं ।’

विद्यालयका ७ शिक्षकले एकै पटक विद्यालय छाडेपछि अहिले ९ जना मात्रै शिक्षक बाँकी छन् । बेलबारी नगरपालिका शिक्षा शाखा प्रमुख जीवन गड्तौलाले आयोगले लिएको परीक्षाबाट यति धेरै शिक्षक अनुत्तीर्ण हुने नगरपालिका भित्र नै पहिलो विद्यालय भएको बताए । उनका अनुसार परीक्षामा नगरपालिका भित्र रहेका ३२ सामुदायिक विद्यालय छन् । परीक्षामा सहभागी भएका मध्ये नगरपालिका भित्रबा २९ जना शिक्षक अनुत्तीर्ण भएका छन् ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित