श्रीमान श्रीमती बिच फाटो किन आउँछ ?

जीवनभर एकअर्कालाई साथ दिने बाचा कसम खाएर जोडिएको कतिपयको सम्बन्ध बिच बाटोमै आएर तोडिन्छ । एउटै छानोमुनी बस्ने, एउटै ओछ्यानमा सुत्ने, एउटै थालमा खाने भावनात्मक सम्बन्ध जोडिएका जोडिहरु एकाएक किन टुट्छन् ? आत्मियताको साथ प्रगाढ बनेको सम्बन्धमा कटुता आउनु भ्रम र अविश्वास बढ्नु अन्ततः अलग विषय हुन् । तर सम्बन्धलाई पुनविराम दिने अवस्थामा पुग्न एउटै कारण हुँदैन् । यो बेला दुवैले आफुहरुको सम्बन्धमा केही न केही गल्ती गरेकै हुन्छन् । एक दाम्पत्य जोडी टुट्नु एक दुखद कुरा कुरा हो । यसले श्रीमान श्रीमतीलाई मात्र हैन उनीको सन्तानलाई समेत नराम्रो असर पर्छ । उनीहरुका आफन्त , नातेदार इष्टमित्र छरछिमेकी यस्तो कुराबाट प्रभावित हुन्छन् ।

जब दम्पतिबिच फाटो आउँछ तब उनीहरु एउटै छानोमुनी बस्न सक्दैनन् र अलग हुन बाध्य हुन्छन् । पति पत्नीबिचको महत्वकांक्षा पनि कहिलेकाही दाम्पत्य सम्बन्धमा फाटो ल्याउने कारण बन्छ । एक विवाहित महिलाले घरको संघार नाघेर बाहिर आउनु बिद्रोह गरे जतिकै हो ।कतिपय यस्तो परिवार हुन्छ जहाँ यस्तो अशोभनिय काम गर्नु र आफुलाई खुुम्चाएर राख्न सक्दैनन् । उनीहरुले आफ्नो इच्छा आंकाक्षालाई खुम्चाएर राख्न बाध्य हुन्छन् । घरको परिधिबाट बाहिर जान खोज्दा पति पत्नी बिचको सम्बन्धमा मतभेद आउँछ । कारण सम्बन्धले अर्कै मोड लिन्छ । कतिपय श्रीमती उच्च महत्वकांक्षा हुने हुँदा उनीहरु परिवारको परिधिबाट बाहिर आउन चाहन्छन् ।यस्तो अवस्थामा श्रीमान श्रीमतीको मतभेद मिल्दैन् । यस्तै कुरालाई नियाल्नै जाने हो भने के श्रीमती महत्वाकांक्षी हुनु समस्या हो त ? भन्ने जटिल प्रश्न आउन सक्छ । किनकी हाम्रो समाजमा एक विवाहित महिलालाई परिवार सम्हाल्ने दायित्व दिएको हुन्छ ।
सामाजिक परम्परालाई स्वीकार गर्ने हो भने एक महिलाले छोराछोरी, सासु , ससुरा घर व्यवहार सम्हाल्नुपर्ने हुन्छ । पत्नीले घरको काम सम्हालेपछि पतीलाई घरबाहिरको जिम्मेवारी दिएको हुन्छ ।यद्यपी यस्तो किसिमको तालमेलले दाम्पत्य जीवनमा सुख छाउँछ । तर एक महिला तथा एक श्रीमती घरधन्दामा नै सिमित हुनुपर्ने अवस्था सिर्जना हुन्छ । यसअर्थ श्रीमतीको महत्वकाक्षा आफैमा समस्या भने होइन् । तर त्यसलाई उचित तरिकाले व्यवस्थापन गर्न नसक्नु चाँही समस्या हो । अक्सर श्रीमतीको महत्वकांक्षा पुरा गर्ने बाटोमा श्रीमानले सहयोग गर्छन त भन्ने कुरामा नकारात्मक जवाफ आउन सक्छ । किनकी पुरुष आफै अभिमान हुन्छ । अक्सर धेरै श्रीमान चाहन्छन् की श्रीमती आफु भन्दा अगाडी नजाओस् ।

अबका पती पत्नी एक अर्काको कुरालाई सहजै स्वीकार गरेर आफुलाई खुम्च्याएर बस्न चाहदैनन् । यता श्रीमान आफ्नो अडान छोडेर पछाडी हट्दैनन् । हो यही अवस्था आएपछि श्रीमान र श्रीमतीले आफुहरुको सम्बन्धलाई अलग गर्ने निर्णय गर्न बाध्य हुन्छन् । यसअर्थ श्रीमान श्रीमती बिचको अहंम अडानले उनीहरुमा फाटो ल्याउँछ र सम्बन्भलाई टुट्न बाध्य बनाउँछ । श्रीमन श्रीमती दुवैको आ आफ्नो इच्छा आकंक्षा हुन्छ ।उनीहरुको लागि सर्वोपरि भनेको आफ्नो परिवार हुन् । जुन उनीहरुले नै रचेका हुन्छन् ।यसलाई जोडेर राख्ने दुवैको दायित्व हो । एकअर्कालाई मजबुत र विश्वासमा जिउनको लागि केही कुरालाई आत्मासाथ गर्नु जरुरी रहेको हुन्छ । जस्तै : श्रीमान श्रीमती बिचको कुनै पनि प्रतिस्पर्धा सुखद हुँदैन् । यसबाट बच्न एकअर्काको भावना इच्छालाई कदर गर्नुपर्छ ।

एकअर्कालाई सम्मान गरे सबै कुरा पाउन सक्छन् । श्रीमतीले आफ्नो करियर आफै निर्माण गर्न चाहन्छिन् हाँसिल गर्न चाहन्छिन् भने त्यो गलत होइन् । यो श्रीमतीको हक हो । श्रीमानले यो कुरा बुझ्न जरुरी छ की त्यसबाट उनले के पाउँछिन् भन्ने कुरा बुझ्न जरुरी रहेको छ । श्रीमानको प्रोत्साहन र प्रशंसाले श्रीमतीको प्रतिभामा निखार आउँछ ।उनको मनसाय श्रीमतीलाई होच्याउने होइन आफ्नो श्रीमती प्रगतिशिल छन्, सार्वजनिक जीवन बिताइरहेकी छन् भन्ने चाहना राखेमा श्रीमानलाई हीनताबोध हुँदैन् । यसरी एक अर्कालाई बुझेर अगाडी बढ्न सके परिवारलाई सुन्दर बनाउन सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित