दुधकोसी सामुदायिक अस्पतालको शिलान्यास, दुई वर्ष भित्र बन्ने

साेलुखुम्बु / उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले विकासका योजनामा गोठालो बन्न जनप्रतिनिधिलाई आग्रह गनुभएको छ । सोलुखुमबुको मुक्लिमा आयोजित महायज्ञको उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोख्रेलले जनप्रतिनिधिले निगरानी गर्न सके मात्र विकास योजनाको काम गुणस्तरिय हुने र समृद्धिको गन्तब्य भेट्न सकिने बताउनुभएको हो । उहाले सरकार कानुन निर्माणकै क्रममा रहेकाले अलमलिएको जस्तो देखिए पनि समृद्ध नेपाल र सुखी नेपालीको नारालाई मुर्म रुप दिन लागि परेको दाबी गर्नुभयो उहाले कृषिको आधुनिकिरण, व्यवसायिकरण, उद्योग घन्दाको स्थापना, पर्यटनको विकास बाट मात्रै समृद्ध सम्भव रहेको बताए । साथै उहाले माथिल्लो सगरमाथाका तिन जिल्ला खोटाङ ओखलढुंगा र सोलुखुमबु समेट्ने गरी सुरु भएको सगरमाथा गोल्डेन चक्रपथको काम आगामी चार वष भित्र सम्पन्न गर्नको लागि जनप्रतिनिधिहरुको चासो आवश्यक रहेको बताउनुभयो ।

प्रदेस नम्बर १ का मुख्यमन्त्री सेरधन राईले प्रदेसको नामांकन र केन्द्रको विषय नया वर्ष अघिनै टुंगो लगाउने बताउनुभएको छ । सोलुखुम्बुको मुक्लिमा आयोजित श्रिमत भागवत ज्ञान महायज्ञमा बोल्दै मुख्यमन्त्री राईले चैत्र महिना भित्रै नामांकल न केन्द्रको विषय ट्ंगो लगाउने दाबी गर्नुभयो । उहाले आवश्यक नियामवलीका अभावमा काम ढिटा भएको स्विकारर्दै कुनै पनि बाहानामा नअल्मिलिने बताउनुभयो । उहाले प्रदेसको विकासको लागि हिमाली जिल्लाको लागि बजेट विनियोजनमा प्राथमिकता दिने बताउदै दुधकोसी करिडोरलाई गति दिन चाहेको बताउनुभयो ।

प्रदेस नं १ सांसद उत्तम कुमार बस्नेतले निर्माण हुन लागेको अस्पताललाई स्वास्थ्य ग्रामको रुपमा विकास गर्न चाहेको बताउनुभयो । सोलुखुमबुको मुक्लिमा आयोजित श्रिमत भागवत महायज्ञको उद्घाटन कार्यक्रममा बोल्दै सांसद बस्नेतले सुविधा सम्पन्न अस्पताल निर्माण पछि माथिल्लो सगरमाथाका तिन जिल्लाले लाभ लिन सक्ने बताउनुभयो । सांसद बस्नेतले निर्बाचान क्षेत्र पुर्वाधार कार्यक्रम अन्तरगत दुधकोसी सामुदासयक अस्पतालm निर्माणको लागि ४० लाख बजेट विनियोजन गर्नुभएको छ । कार्यक्रममा अर्का प्रदेस सांसद वुद्धि कुमार राज भण्डारीले गाँउपालिकाले सुरुआत गरेको अस्पतालm निर्माणको अभियान सफल बनाउन लागि पर्ने बताए । फरक प्रसंगमा सांसद राजभण्डारीले प्रदेस सरकार कानुन निर्माण व्यस्त रहेकाले योजना कार्यन्वयनमा पछि परेको बताउनुभयो ।

सोलुखुम्बुको मुक्लीमा बन्ने दुधकोसी सामुदायिक अस्पतालको शिलान्यास गरिएको छ । सुविधा सम्पन्न पचास सैया अस्पतालको उपप्रधान तथा रक्षामन्त्री इस्वर पोख्रेल र प्रदेस नम्बर १ का मुख्यमन्त्री सेरधन राईले संयुक्त रुपमा शिलान्यास गर्नुभएको हो । सोही अस्पताल निर्माणको लागि सहयोग संकलनलाई तिब्र पारिएको छ भने आज श्रिमत भागवत ज्ञान महायज्ञको उद्घाटन गरिएको छ । महायज्ञमा वाचन प्रविण दिनवन्दु पोख्रेलले कथा वाचन गर्नुहुनेछ । अस्पताल दुईृ वर्ष भित्र निर्माण गरिसक्ने थुलुङ दुधकोसी गाँउपालिकाले जनाएको छ ।

सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु सेर्पाले प्रदेसको नामांकन र केन्द्र छिटो टुंगो लगाउन माग गर्नुभएको छ । थुलङ दुधकोसी गाँउपालिकाको मुक्लिमा आयोजित श्रिमत भागवत ज्ञान महायज्ञको उद्घाटन कार्यक्रममा बोल्दै सेर्पाले प्रदेसको नाम र केन्द्र छिटो भन्दा छिटो टुंगो लगाउन माग गर्नु भएको हो । उहाले अस्पताल निर्माणको लागि संस्थागत र व्यक्तिगत दुबै तबरबाट सहयोग गर्ने प्रतिवद्धता व्यक्रि गर्नुभयो । कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य प्रकास सिंह कार्कीले सामुदायिक अस्पताल निर्माणको लागि खुलेर सहयोग गर्ने बताउनुभयो । कांगे्रस नेता समेत रहनुभएका कार्कीले विकास निर्माणका कृयाकलापमा स्वतन्त्र रुपमा एकतावद्ध भएर लाग्न सकेमात्र अपेक्षित परिणाम प्राप्त गर्न सकिने बताउनुभयो ।

थुलुदुधकोसी गाँउपालिका अक्ष्यक्ष असिम राईले हुदा खोनेहरुका लागि अस्पताल निर्माण गर्न लागेको बताउनुभयो । दुधकोसी सामुदायिक अस्पताल निर्माणको लागि आयोजित महायज्ञ उद्घाटन कार्यक्रममा अध्यक्ष राईले ग्रामिण भेगका नागरिकको पहुचमा सस्तो र गुणस्तरीय स्वास्थ्य सेवा उपलक्ब्ध गराउनु स्थानीय र सरकारको दायित्व भएकाले नागरिककै सहभागितामा सामुदायिक अस्पतालको निर्माण गरिने बताउनुभयो । सहयोग अभियान पवित्र उदेश्यका साथ संचालन गरिएकाले विरोध र आलोचना आवश्यक नभएको बताउनुभयो । कार्यक्रममा अस्पताल निर्माण समिति कोषआध्यक्ष तथा समाजसेवी बलराम गुरुङले पारदर्सितामा आसंका नगर्न आग्रह गर्नु उहाले दाताहरुले सहयोग गरेको रकम एक रुपैया पनि दुरुपयोग नगर्ने दाबी गर्दै आगामी दुई वर्षभित्र अस्पताल निर्माण गरेरै छाड्ने दाबी गर्नुभयो ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित