पूर्वाञ्चल क्यान्सर अस्पताल १ नम्वर प्रदेशको गहना : नगरप्रमुख सिवाकोटी

बिर्तामोड / बिर्तामोड नगरपालिका प्रमुख ध्रुवकुमार सिवाकोटीले बिर्तामोडलाई हरित नगरी निर्माणका लागि वृक्षरोपण कार्यलाई तीव्र पारिएको बताउनुभएको छ ।उहाँले बिर्तामोडमा निर्माण हुँदै आएका ९२ वटा सडकमा दुवै तर्फ ३०÷ ३० मिटरको फरकमा वृक्षरोपण हुँदै आएको र नगर क्षेत्रभित्र एक हजार विरुवा रोपिसकेको बताउनुभयो । पाँच वर्षभित्र विर्तामोडमा ५ हजार निम र स्वामीका विरुवा रोपिने बताउँदै नगरप्रमुख शिवाकोटीले भन्नुभयो–‘ नगरलाई सुन्दर सफा र हराभरा बनाउन वृक्षरोपण कार्यक्रम शुरु गरिएको छ ।’

बिर्तामोडमा निर्माणाधीन पूर्वाञ्चल क्यान्सर अस्पतालको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनका लागि आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै नगरप्रमुख शिवाकोटीले बिर्तामोडमा निर्मित पूर्वाञ्चल क्यान्सर अस्पताल १ नम्वर प्रदेशको गहना भएको बताउनुभयो । अस्पताल निर्मँण गर्नु आफैमा अनुकरणीय काम हो भन्दै उहाँले यो अस्पताल सञ्चालन पछि यसले धेरैलाई प्रत्यक्ष रोजगारी दिने भएकाले अस्पताल सञ्चालन अति आवश्यक रहेको बताउनुभयो ।

भारतबाट समेत विरामी उपचारका लागि बिर्तामोड आउने भएकाले भारतीय रुपैयाँ नेपाल भित्रने र नेपालबाट वाहिरिने रुपैयाँसमेत रोकिने भन्दै बिर्तामोडमा क्यान्सर अस्पताल अति आवश्यक छ नगरप्रमुख शिवाकोटीले भन्नुभयो । जिल्ला स्वास्थ्य कार्यलय झापाका शशीकुमार भट्टराईले झापामा प्रत्येक वर्ष क्यान्सर लगायतका रोगीको उपचारका लागि १४ देख १५ सयसम्म सिफारिस गरिदै आएको बताउनुभएको छ । उहाँले क्यान्सर लगायतका रोगीको संख्या दिन प्रतिदिन वढिरहेको भन्दै झापामा नै यसखाले अस्पताल निर्मााण गरिनु झापावासीका लागि मात्र नभई समग्र नेपालीकै लागि खुशीको कुरा भएको बताउनभयो ।

कार्यक्रममा जिल्ला प्रशासन कार्यालय झापाका लक्ष्मीप्रसाद खरेल, जिल्ला वन कार्यालय झापाका राजन राई, बिर्तामोड–५ का अध्यक्ष राजेन्द्र लिङ्देन लगायतले आ – आफ्नो धारणा राख्नुभएको थियो । वातावरण मन्त्रालयका अमरवहादुर ओलीले अस्पताल सञ्चालन हुँदा आइपर्ने समस्या र सहजताका विषयमा जिज्ञासा राख्नुभएको थियो । कार्यक्रममा अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाई र अध्यक्ष इन्दिरा गिरीले अस्पतालको विषयमा जानकारी गराउनुभएको थियो । कार्यक्रमको सञ्चालन अस्पतालका जनसम्पर्क अधिकारी प्रमिस गिरीले गर्नुभएको थियो ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित