यस्ताे रह्याे बेविलोन स्कुलकाे नवौँ बार्षिकोत्सव ( तस्विरहरू)

सुुनसरी / सुुनसरीको इटहरी ५ धरान रोडस्थित बेविलोन सेकेण्डरी स्कुलले बिविध कार्यक्रमका साथ नवौँ बार्षिकोत्सव मनाएको छ। मादेन मार्गस्थित स्कुलले शुक्रबार बिभिन्न कार्यक्रमका साथ बार्षिक उत्सव मनाएको हो। कार्यक्रममा प्याब्सनका प्रदेश नम्बर एकका अध्यक्ष जयबहादुर श्रेष्ठ, प्याब्सन इटहरी अध्यक्ष, नेकपाका स्थानीय नेता निर्मल बराल, स्कुलका प्रवन्ध निर्देशक पुष्प अधिकारी, प्रिन्सिपल कविराज अधिकारीलगायतको उपस्थिती रहेको थियो।

प्ले ग्रुप देखि १० कक्षा सम्म अध्यापन हुने सो बिद्यालयमा ५सय जना बिद्यार्थी अध्ययनरत छन् भने ३० जना शिक्षक शिक्षिका कार्यरत छन। काक्रममा स्कुलमा सञ्चालित खेलकुद कार्यक्रममा उत्कृष्ट हुने तथा गत बर्षको परीक्षामा उत्कृष्ट अंक ल्याउने बिद्यार्थीलाई पुरस्कृत गरिएको एवं साँस्कृतिक कार्यक्रम पनि गरिएको स्कुलका शिक्षक अर्जुन त्रितालले बताउनुभयो।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित