न्यूरोद्वारा विपन्न बिद्यार्थिकालागि छात्रवृतिको स्थापना

विराटनगर / बिराटनगरको न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटि अस्पतालले ताप्लेजुङ सिनाम स्थित सिनाम माध्यमिक बिद्यालयमा पढ्ने गरिब तथा बिपन्न वर्गका बिद्यार्थीहरुका लागि एक लाख रुपैँयाँको अक्षयकोष स्थाप्ना गरेको छ । आज एक कार्यक्रमको आयोजना गरि सिनाम माध्यमिक बिद्यालयका शिक्षक सिहं वहादुर ईवारमलाई न्यूरो अस्पतालका कार्यकारी निर्देशक अनिशा विष्टले एक लाख रुपैँयाको चेक हस्तान्तरण गर्नुभयो । कार्यकारी निर्देशक विष्टले गरिब तथा बिपन्न भएकै कारण बालबालिकाले शिक्षा नपाउनुमा दुःख व्यक्त गर्नुभयो ।

उहाँले सामाजिक तवरले स—सानो सहयोग गर्दा समेत समाजका गरिब तथा बिपन्न बालबालिकालाई पढाउन सक्ने बताउनुभयो । यता , सिनाम माध्यमिक बिद्यालयका शिक्षक सिहं वहादुर ईवारमले न्यूरो अस्पतालले स्थापना गरेको अक्षयकोषले ताप्लेजुङका विपन्न बिद्यार्थीहरु लाभान्वित हुनेमा खुसि व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित