सुन्दरी हुनुको पीडा !

काठमाडौँ / सुन्दरता बढाउनका लागि मानिस हरसम्भव प्रयास गर्छ । विशेषत महिलाहरु आफ्नो सुन्दरतालाई लिएर धेरै नै चिन्तित हुन्छन् । हर लोग्ने मानिसहरुको इच्छा पनि आफ्नी श्रीमति सुन्दर होस् भन्ने चाहाना हुन्छ । तर, तपाईलाई यो सुन्दा अचम्म लाग्नसक्छ कि म्यानमार र चिनको मुन आदिबासीहरुका पुरुषहरु आफ्ना श्रीमतिहरु कुरुप बनाएर राख्छन् । यसका लागि उनीहरु कुनै कसर बाँकी राख्दैनन् ।

यस जनजातिका पुरुषहरु आफ्ना श्रीमतिहरुको अनुहारमा भद्दा ट्याटु बनाउने काम गर्छन् । ट्याटु सुंगर, गाइको मलबाट बनाउने गरिन्छ जसलाई घृणाको सुचक मानिन्छ । यस ट्याटुलाई बनाउन उनीहरु जंगली विरुवाको प्रयोग गर्छन् । यो ट्याटु भद्दा मात्र नभई बनाउन समेत निकै कष्ट हुने गर्छ । यसैका कारण महिलाहरुमा विभिन्न खाले सक्रमण हुने सम्भावना पनि उच्च रहेको हुन्छ । यो चलन निकै पुरानो समेत भएको मिडिया रिपोर्टमा उल्लेख छ ।

यस परम्पराको कारण यसको पछाडि असुरक्षालाई लिइएको छ । म्यानमार धेरै वर्ष पहिला राजशाही थियो र निर्दयी राजा आफ्नो क्षेत्रका सुन्दर महिलाहरुप्रति नराम्रो नजर राख्ने काम गर्थे । साथै उनीहरुको बलात्कार समेत गर्ने गर्थे । यो समस्यासँग लड्नका लागि जनजातिका मानिसहरुले महिलाको सौन्दयै बिगार्ने काम गरे । उनीहरुका अनुसार जब महिलाको सुन्दरताको आकर्षण नै रहँदैन तब उनीहरुलाई कसैले अपहरण गर्न सक्दैनन् ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित