प्रहरी अस्पतालद्वारा निःशुल्क मिर्गाैला परीक्षण

काठमाडौँ / विश्व मिर्गौला दिवसका अवसरमा मिर्गौला परीक्षण शिविर सम्पन्न भएको छ । नेपाल प्रहरी अस्पताल र मेट्रो अस्पताल महाराजगञ्जको आयोजनामा काठमाडौँ महानगरपालिका–४ शङ्कपार्कमा निःशुल्क मिर्गौला परीक्षण शिविर सम्पन्न भएको हो ।

शिविरमा मिर्गौला, मधुमेह, रक्तचापलगायतका रोगको परीक्षण गरी आवश्यक परामर्शसमेत प्रदान गरिएको प्रहरी अस्पतालका प्रहरी नायब महानिरीक्षक डा आशा सिंहले जानकारी दिनुभयो । “प्रहरी–समुदाय साझेदारी कार्यक्रमअन्तर्गत प्रहरी अस्पतालले विभिन्न अस्पतालसँग सहकार्य विभिन्न शिविर सञ्चालन गर्दै आइरहेको छ”, उहाँले भन्नुभयो । शिविरमा २१२ जना स्थानीयवासीले स्वास्थ्य परीक्षण गरेको अस्पतालले जनाएको छ ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित