के पेटको बोसो बढेर चिन्तित हुनुहुन्छ ? अपनाउनुहाेस, याे विधी

मानिसहरु मोटाउनु पनि एक समस्या हो । जव आफु पातलो भएको बेला सबैको चाहना हुन्छ, ता कि आफु पनि अरु जस्तै मोटाउने । तर मलाई लाग्छ कसैले चाहेर मोटाउने कुरा होइन । किन कि मानिसहरु आफसेआफ मोटाएका हुन्छन् । कतिपय मानिसहरुको पेट बढ्नुमा निस्क्रिय दिनचर्या जिम्मेवार छ । अक्सर बसेर काम गर्ने, शारीरिक रुपमा सक्रिय नहुने, साथसाथै अनियन्त्रित खाना खाने बानीले पेट बढ्छ । त्यसैले शारीरिक रुपमा सक्रिय हुनुपर्छ । शारीरिक काम र नियमित व्यायामसँगै कतिपय योगा पनि गर्न सकिन्छ, जसले पेटलाई सहि आकारमा ल्याउन मद्दत गर्छ । आफ्नो पेटको बोसो घटाउनलाई विभिन्न उपायहरु अपनाउन सकिन्छ ।

उपायहरु

१. हरेक दिन विहान २-३ केश्रा काँचो लसुन चपाउने ।
२. बिहान उठ्ने बित्तिकै मनतातो पानीमा कागतीको रस राखेर पिउने ।
३. बिहान–बेलुकी एक कचौरा फल र सागसब्जी खाने ।
४. दिउँसो खाजाको रुपमा फलफुल, बदाम, भुटेको मकै आदि खाने ।
५. खानामा दालचिनी, अदुवा, लसुन र मरिच प्रयोग गर्ने ।
६. एकैचोटी धेरै पानी पिने र लामो समय पानी नपिउने नगरि नियमित रुपमा केही समयको अन्तरालमा पानी पिउने ।
७. मिठाईवाट टाढा रहने ।
८. मासुजन्य तथा बोसोयुक्त परिकारको सेवन अत्यन्तै कम गर्ने ।
९. राती छिटै सुत्ने र बिहान चाडै उठ्ने बानी गर्ने ।
१०. बिहान १५ देखि २० मिनेटसम्म आफुलाई सहज हुने हिसाबले दौडनुपर्छ

प्रतिक्रिया

सम्बन्धित