धरानकाे पानबारीमा आसारा सुधार केन्द्र निर्माण सम्पन्न

धरान / लागू औषधको समस्या विकराल बन्दै गएपछि लागू औषध न्यूनिकरण गर्ने उद्दश्यलै प्रहरी र जनताको संयुक्त लगानीमा धरान ६ पानबारीमा आसारा सुधार केन्द्र निर्माण भएको छ । निर्माण सम्पन्न तीनतले भवनको फागुन १ गते विधिवत रुपमा उद्घाटन समेत हुदैछ । भवन निर्माणसंगै सञ्चालनको तयारीमा रहेको निर्माण समितिले जनाएका छ ।

धरान–६ पानवारीको मार्गे चौरीमा नेपाल प्रहरी श्रीमती संघ र जनसहभागीतामा २ करोड ३७ लाखको लागतमा निर्माण सम्पन्न भएको सुधार केन्द्र आउदो चैत्र १ गतेदेखि सञ्चालनमा आउन लागेको हो । केन्द्रको उद्घाटन प्रहरी महानिरीक्षक सर्बेन्द्र खनालले गर्ने कार्यक्रम रहेको सञ्चालक समितिका सदस्यसचिब प्रहरी निरिक्षक रामजी कट्वालले जानकारी दिनुभयो । २०५५ सालमा संघको स्थापना भएपछि काठमाडौको रानीबारीमा आसरा सुधार केन्द्र सञ्चालन गरिरहेको छ । त्यसैको पहिलो शाखाको रुपमा यो सञ्चालनमा ल्याउन लागेको हो ।

आवास सुविधासहितको तीन तल्लाको भवन २ करोड ३७ लाखमा निर्माण सम्पन्न भएको भवन निर्माण समितिका सचिब सरोज श्रेष्ठले बताउनुभयो । करिब २ सय जना लागूऔषध प्रयोगकर्ताको सुधारको लागि राख्न सकिने उहाँले बताउनुभयो । श्रेष्ठका अनुसार अवास कक्ष, बैठक कक्ष, कार्यालय कक्षहरु, जीम, योग तथा कक्षा सञ्चालन हल, पुस्तकालय, परामर्श कक्ष, उपचार कक्ष, उपचार कक्ष, कार्यक्रम हल, किचन डाइनिङ हल, टिभी रुम, शौचालय, बाथरुम उपलब्ध छन् ।

पाचकन्या सामुदायिक बन उपभोक्ता समूहको संरक्षणमा रहेको करिब ७ कठ्ठा र धरान–२ निवासी रामहरी हाडाले १८ दशमलव ५ धुर गरी जम्मा ७ कठ्ठा १८.५ धुर क्षेत्रफल रहेको छ । गृहको सञ्चालनको लागि संघीय प्रहरी इकाइ कार्यालय धरानका प्रमुख एसएसपी सरद खत्रीको संयोजकत्वमा ९ सदस्यीय सञ्चालन समिति गठन भइसकेको छ । जनता र प्रहरीको सहकार्यमा निर्माण भएकाले यसमा जनताको ४९ प्रतिशत अपनत्व रहेको निर्माण समिति संयोजक मनोज कुमार मेन्याङबोले बताउनभयो ।

प्रहरीको अनुसन्धानले देखाए अनुसार २ सय ७२ जना अपराधिक गतिविधिमा लागेको यूवाहरु मध्ये १ सय ११ लागूऔषध दुब्र्यासनिका कारण अपराधिक संलग्न भएको पाइएको छ । यसैलाई चिर्नको लागि पनि सुधार गृह सञ्चालन गरिएको हो । सुधार गृहमा भर्ना हुनको लागि गम्भिर प्रकृतिको रोग लागेको पाइएमा भर्ना नलिने बताइएको छ । सबै भन्दा पहिला दुब्र्यासनीको अवस्था र मानसिकता चेकजााच गरेरमात्र सुधार गृहमा प्रबेश गराइने समितिले जनाएको छ । प्रहरीको स्वामित्वमा रहेको सुधार गृहको सुरक्षाको लागि प्रहरी निरिक्षकको कमाण्डमा २० जना प्रहरीहरुले सुरक्षा प्रदान गर्ने छन् । भवन निर्माण गर्न २५ हजार भन्दा माथी सहयोग गर्नेलाई आसरा सुधार केन्द्रको आजीवन संस्थापक सदस्य प्रदान गरिएको छ । हालसम्म ३ सय ३७ जना संस्थापक सदस्य रहेका छन् ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित