बिराट अस्पतालका डा. आलोक देवको अर्को चमत्कार, हड्डी फुटेर गिदी बाहिर निस्किएको यादब भयाे सफल शल्यक्रिया (तस्विरहरू सहित)

बिराटनगर । मोरङको बिराटनगरमा रहेको विराटनगर अस्पतालमा कार्यरत डा.आलोक देवले फेरी अर्को चमत्कार गर्न सफल भएका छन । भारतको अररिया घर भएका १७ बर्षिय रामलाल यादब मोटरसाईकलमा सवार रहेका बेला ट्रयाक्टरको ठक्करबाट गम्भिर घाईते भएका थिए ।

उनको टाउकोको हड्डी फुटेर गिदी समेत बाहिर निस्किएको अबस्थामा उनलाई बिराट अस्पतालमा भर्ना गरिएको थियो । फागुन ५ गते अस्पताल भर्ना भएका यादबलाई मंगलबार अस्पतालबाट डिस्चार्ज गरिएको छ । यसअघि पनि डा. देबले सोही प्रकारको सफल शल्यक्रिया गर्न सफल भएका थिए ।

डा. आलोक देव

बि.स २०५० सालदेखि सञ्चालित सो अस्पताल नेपालको पहिलो अत्याधुनिक अस्पतालका रुपमा बिकास भएको छ । मोरङको बिराटनगरमा बिगत २५ बर्षदेखि सञ्चालित बिराट नर्सिङ होम हाल बिराट मेडिकल कलेज तथा टिचिङ अस्पतालका रुपमा रुपान्तरित भएको छ । पुर्वमै पहिलोपटक नर्सिंङ होमको अबधारणा ल्याएर लाखौ बिरामीहरुको उपचार र हजारौ बिरामीहरुको सफल शल्यक्रिया गरेको सो अस्पताल बिराटनगरमा मात्र नभएर यतिबेला देशमै चर्चित रहेको छ ।

विराटनगर अस्पतालका डा. आलोक देवले गरे चमत्कार, दिमागमा छिरेको फलामको टुक्रा निकाली यसरी गरे डाक्टरले सफल शल्यक्रिया (तस्विर तथा भिडियाे सहित)

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित