जापान सरकारद्वारा धनकुटा जिल्ला अस्पताललाई अक्सिजन प्लाण्ट उपलब्ध गराउने

धनकुटा / जापान सरकारले जिल्ला अस्पताल धनकुटामा आकस्मिक उपचार सेवाका लागि अत्यावश्यक अक्सिजन उत्पादन तथा वितरण प्रणाली उपलब्ध गराउने भएको छ । जापान सरकारले अस्पतालको आकस्मिक कक्ष, सल्यक्रिया र अन्तरंग विभागमा सोझौ अक्सिजन पुर्याउन सकिने ‘अक्सिजन जनेरेसन एण्ड डिस्ट्रीब्यूसन सिस्टम’ जडान गराउने भएको हो ।‘अक्सिजन जनेरेसन एण्ड डिस्ट्रीब्यूसन सिस्टम’ जडान सम्बन्धि संझौतामा हिजो जापानी राजदुत मासामिच साइगो र जिल्ला अस्पताल धनकुटाका मेडिकल सुपरिटेण्डेन डाक्टर अभिताभ ठाकुरले हस्ताक्षर गरेका हुन ।

सूर्यबहादुर थापा फाउण्डेसन मार्फत जापान सरकारको ग्रासरुट ह्यूमेन सेक्यूरिटी प्रोजेक्ट जिजिपी मार्फत एक करोड रुपैयाँ उपलब्ध गराउँने सम्बन्धी संझौतामा हस्ताक्षर भएको डाक्टर ठाकुरले बताए ।जिल्ला अस्पतालमै अक्सिजन उत्पादन तथा वितरण प्रणाली जडान हुने भएपछि शल्यक्रिया र जटिल रोगका विरामिलाई तत्कालै धरान र बिराटनगरका अस्पताल पठाउनु पर्ने बाध्यता को अन्त्य हुने अपेक्षा गरिएको छ । यसले अक्सिजन आवश्यक पर्ने आकस्मिक विरामीको लागि मुख्य भुमिका खेल्ने छ ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित