प्याब्सन लोक नृत्य प्रतियोगिता वाल्मीकिलाई

पथरी / प्याब्सन नगर कमिटि पथरी शनिश्चरे मोरङले लोक नृत्य प्रतियोगिता शुक्रबार सम्पन्न गरेको छ । अन्तर विद्यालय नगरस्तरीय आधारभूत तहस्तरीय प्रतियोगितामा नगरका १५ वटा निजी विद्यालयहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा बाल्मीकि मेमोरियल सेकेन्डरी स्कुल, एभरेष्ट आमावि क्रमशः प्रथम र दोस्रो भएको छ भने रेडस्टार बोडिङ र भूपू सैनिक बोडिङ स्कुलले तेस्रो स्थान हासिल गरेको छ । विजयी स्कुलले क्रमस नगद ५ हजार, ४ हजार र ३ हजार सहित ट्रफि प्रमाण पत्र प्राप्त गरेका छन ।

प्याब्सनले बालबालिकाको चौतर्फी बिकास संग संगै संस्कार सस्कृतीको ज्ञान साना साना बालबालिका सम्म पुर्याउन सहयोग गरेकोमा प्याब्सन नगर कमिटीलाई बधाई ज्ञापन गनु भएको थियो । पथरीशनिश्चरे नगरमा रहेका प्याब्सनमा आबद्ध विध्यालयका विध्यार्थीको प्रतिभा प्रस्पुटन गर्ने र नेपालीको लोक संस्कृतीको सिकाईमा टेवा पुर्याउने उदेश्यले लोक नृत्य प्रतियोगिता गरेको नगर प्याब्सन अध्यक्ष उपेन्द्र कडेलले बताउनु भयो । विजयी बिध्यालयलाई कार्यक्रमका विशिष्ट अतिथी प्याब्सन मोरङ अध्यक्ष अर्जुन बस्नेत कार्यक्रमका सभापति उपेन्द्र कडेलले पुरस्कार प्रदान गर्नु भएको थियो ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित