भव्यताका साथ तुलसा अस्पतालमा लेडि रोड रन सम्पन्न

विराटनगर / लियो क्लब अफ बिराटनगर इनोभेटिभ र तुलसा मदर एण्ड चाइल्ड हस्पिटल बिराटनगरको संयुतm आयोजनामा लेडि रोड रन—२०१९ भव्यताका साथ सम्पन्न भएको छ । बिराटनगर ९ स्थित तुलसा मदर एण्ड चाइल्ड अस्पताल बाट सुरु भएको रोड रन सोहि ठाँउमा लियो क्लब अफ इनोभेटिभका अध्यक्ष अंकिता कटट्ेलको अध्यक्षतामा बिभिन्न कार्यक्रम गरि मनाइएको छ ।

उक्त लेडि रोेड रनको उदघाटन विराटनगर महानगरपालिकाका मेयर भिम पराजुली र न्युरो कार्डियो एण्ड मल्टिस्पेशियालिटि हस्पिटल र तुलसा मदर एण्ड चाइल्ड अस्पतालका अध्यक्ष तथा वरिष्ठ न्यूरोलोजिष्ट डाक्टर बिरेन्द्र कुमार बिष्टले संयुक्त रुपमा गर्नुभयो । दौड पछि आयोजित कार्यक्रममा मेयर पराजुलीले तुलसा मदर एण्ड चाइल्ड अस्पतालले यस किसिमका बिभिन्न कार्यक्रमहरु आयोजना गर्दै आइरहेको हुँदा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा आम जनमानसको स्वास्थ्य प्रति निकै सचेत रहेकोमा खुसी व्यक्त गर्नुभयो ।

कार्यक्रमलाई निरन्तरता दिँदै अस्पतालका प्रबन्ध निर्देशक तथा वरिष्ठ न्यूरोलोजिष्ट डा. विरेन्द्र कुमार बिष्टले नारी दिवसको महिमा अथवा यथार्थता, कुनै नारी वर्ग विशेष प्रति मात्र लक्षित नभएर प्रगति पथको अभियान रहेको बताउनुभयो । उहाँले राज्यले महिलालाई एकदिने सार्वजनिक विदाको प्रावधान , हप्ते कार्यक्रम वा विभिन्न सेमिनार, गोष्ठीमै सीमित गर्ने परम्पराले महिलाको अधिकार र विभेदरहित समाजको प्रत्याभुति दिनसक्छ वा सक्दैन यो आम महिलाको चासो र बहसको विषय हुनुपर्नेमा जोड दिनुभयो ।

यस्तै तुलसा अस्पतालका वरिष्ठ गाइनोक्लोजिष्ट डा. रेनुका राठीले स्तन क्यान्सर बारे सचेतनात्मक अभिव्यक्तीद्वारा सचेत पार्नुभयो । यता कार्यक्रममा वरिष्ठ इन्टरभेन्सल कार्डियोलोजिष्ट डाक्टर निकेसराज श्रेष्ठ , वरिष्ठ फिजिसियन डाक्टर अग्रज उप्रेति लगायतले महिला स्वास्थ्य तथा महिला सशतिmकरणको विषयमा प्रकाश पार्नुको साथै विजयी सहभागीहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभयो ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित