नरसिंह स्कुलको २७ औ अभिभावक दिवस सम्पन्न

सुन्दरहरैचा / मोरङको सुन्दरहरैचा १ स्थित हरैचामा रहेको नरसिंह मेमोरियल इङलिस स्कुलकाे २७ औ अभिभावक दिवस विभिन्न कार्यक्रमका सम्पन्न भएकाे छ । विधालयकाे अभिभावक दिवस समाराेहमा प्रमुख अतिथि प्रदेश सासंद राजकुमार ओझाले कार्यक्रमकाे विधिवत रुपमा उद्घघाटन गरेका थिए । विभिन्न सांस्कृतिक प्रस्तुती तथा मनोरञ्जन मुलक कार्यक्रम सहित शुरु भएको उक्त अभिभावक दिवस समाराेहमा बार्षिक खेलकुद सप्ताह अन्तर्गत क्रिकेट , कबडी , चेस , दाैड लगायत विभिन्न खेल विधामा सहभागी भई उत्कृष्ट हुने विधार्थीहरुलाई पुरस्कार वितरण समेत गरिएको थियो ।

विधालयले आफ्नो अभिभावक दिवसको अवसर पारेर विधालयमा उत्कृष्ट कार्य गरे वापतमा प्रसङ्सा स्वरुप शिक्षक भेषराज श्रेष्ठ तथा सिता अधिकारी साथै विधालयलाई याेगदान पु-याए वापतमा विधालय प्रति समर्पित उत्कृष्ट अभिभावक रिता सापकोटा , तुलसीदेवी घिमिरे तथा कृष्ण खड्कालाई सम्मानपत्रले सम्मान गरिएकाे विधालयका प्रिन्सिपल केशव सापकोटाले बताए । उनले २०४८ सालमा स्थापना भएको नरसिंह स्कुलले विभिन्न आरोह अवरोहहरु पूरा गर्दै हाल कक्षा १० सम्म अध्यापन गराईरहेको जानकारी दिए ।

विधालयकाे अभिभावक दिवस समारोहमा प्याब्सन माेरङका अध्यक्ष अर्जुन वस्नेत , प्याब्सन नगर कमिटी अध्यक्ष हरिश्सचन्द्र ढकाल, सुन्दरहरैचा बाल सन्जाल समिति सचिव नन्दकिशोर मिश्र, मिलिजुली साकाेसका अध्यक्ष रुद्र थापा लगायतले समसामयिक विषयवस्तु तथा शिक्षाक्षेत्रकाे बारेमा मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा अभिभावक, विधार्थी लगायत विभिन्न क्षेत्रबाट सामाजिक कार्य गर्दै आएका व्यक्तित्वहरुको समेत उल्लेख्य सहभागिता रहेकाे थियो । समारोहमा स्वागत मन्तव्य विधालयका शिक्षिका कञ्चन काफ्लेले तथा कार्यक्रमकाे संन्चालन सराेज पाैडेलले गरेका थिए । कार्यक्रम विधालय व्यवस्थापन समितिका अध्यक्ष विनाेद श्रेष्ठकाे सभापतित्वमा सम्पन्न भएको थियाे ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित