जनता बहुमुखी क्याम्पसमा विपद् व्यवस्थापनको पुर्व अभ्यासमा जे देखियाे (तस्विर तथा भिडियाे)

इटहरी । दृष्य हेर्दा लाग्न सक्छ कि कुनै विपद् परेको छ र त्याहा उद्धार भई रहेको छ। तर वास्तबमा त्यस्तो नभएर सुनसरीको इटहरीमा रहेको जनता बहुमुखी क्याम्पसमा आयोजना भएको विपद् व्यवस्थापनको पुर्व अभ्यास रहेको छ । कुनै किसिमको प्राकृतिक बिपत्त पर्दा कसरी उद्धार गरिन्छ भन्ने बिषय बिद्यार्थीहरुलाई देखाउन युवा रेडक्रस सर्कलले आयोजना गरेको कार्यक्रम हेर्दा कुनै वास्तबमै विपद् परेको भन्दा कम देखिदैन थियो ।

विपद् परेको बेला आम सर्वसाधरणहरु डराएर, आत्तिएर धेरै क्षति हुने र समस्या बढ्ने भएको कारण क्यामपसका बिद्यार्थीहरुलाई व्यवहारिक रुपमै सुरक्षाकर्मीले कसरी उद्धार गर्छन भन्ने प्रस्तुत गरिएको थियो । नेपाली सेना, सशस्त्र प्रहरी बलको उद्धार टोलीले आगलागी, भुकम्प, कुनै खोचमा परेको व्यक्तिलाई कसरी उद्धार गरिन्छ भन्ने बिषयलाई बिभिन्न उद्धार उपकरणको प्रयोग गरेर वास्तबिक प्रस्तुति गरेका थिए । विपद् परेको बेला आफ्नो सुरक्षा गर्न जान्नु पर्छ भन्ने उद्धेश्य राखेर कार्यक्रमको आयोजना भएको र पुर्व तयारी गर्न सके धनजनको क्षती कम हुने भएको कारण यस्तो प्रस्तुतिले बिद्यार्थीहरुको माध्यमबाट सचेतना गर्न सकिने इटहरी उपमहानगरपालीकाका मेयर द्धारिकलाल चौधरीले बताए ।

बिभिन्न समयमा हुन सक्ने बिपत्तको बारे सबै सचेत रहन सके हुने क्षतीमा कमी आउने र सुरक्षाकर्मीहरुले कसरी उद्धार गर्छन भन्ने बिषयलाई बिद्यार्थी माझ पुर्याउन आवश्यक्ता रहेको भन्दै कार्यक्रमको आयोजना गरेको युवा रेडक्रस सर्कलका अध्यक्ष सहदेव काफ्लेले बताए । बिपत्त जोखिमका दृष्टिकोणले नेपालमा भुकम्प, बाढिपहिरो , आगलागी लगायतको कारण समस्या पर्ने भएको कारण कुनै पनि बेला कुनै पनि ठाउमा हुनसक्ने भएको कारण यस्को पुर्वतयारीको जानकारी लिनु राम्रो भएको बिद्यार्थीको भनाई रहेको छ ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित