के तपाई पनि जनवार पाल्नुहुन्छ ? हेर्नुहाेस् घरपालुवा सिंहले आफ्नैं मालिकलाई यसरी खायो !

काठमाडौं । आफैंले पालेको सिहंको आक्रमणबाट एकजनाको ज्यान गएको छ । चेक रिपब्लिका एक व्यक्तिको पालेको सिंहको आक्रमणका कारण मृत्यु भएको हो । ३३ वर्षका माइकल प्रासेकको शव त्यही पिँजडामा भेटियो जहाँ उनले आफ्नो प्यारो सिंह राखेका थिए । माइलक प्रासेक आफ्नो घर पछाडि एउटा सिंह र सिंहिनी पालिरहेको थिए । उनले सन् २०१६ मा ९ वर्षको उक्त सिंहलाई घरमा ल्याएका थिए । त्यसपछि प्रजननका लागि गत वर्ष उनले एक सिंहिनी पनि ल्याएका थिए ।

तर माइकलले जब उनीहरुलाई ल्याए तब वरिपरिका मानिसहरुले यसमा आपत्ति जताएका थिए । सिंह र सिंहिनीले आफूहरुलाई आक्रमण गर्ने हो कि भन्ने उनीहरुको डर लागिरहेको थियो । यससँग सम्बन्धित जोखिम थाहा पाउँदा पाउँदै पनि माइलकले सिंह र सिंहिनीलाई आफ्नो घर पछाडि उनीहरुलाई पालेका थिए । प्रशासनले पनि उनलाई यस्ता जंगली जनावर राख्ने अनुमती दिएको थिएन ।

सुरुमा उनलाई पिँजडा बनाउने अनुमती दिन अस्विकार गरेका थिए र पछि अवैध प्रजननका लागि जरिवाना लगाएको थियो । चेक रिपब्लिकमा यी जनावर राख्ने कुनै वैकल्पिक सुविधा नहुँदा र जनावरमाथि प्रताडनाको कुनै प्रमाण नपाएका कारण सिंह र सिंहिनीलाई त्यहाँ बाट हटाउन सकिएको थिएन । यसरी उनले सिंहलाई राख्ने अनुमती पाएका थिए । तर गत वर्षको गर्मीमा माइकल प्रासेक त्यतिबेला चर्चामा छाएका थिए जब उनी आफ्नो सिंहिनीलाई लिएर हिँडिरहेका थिए र एक साइकल सवार उनको सिंहनीसँग ठोक्किएका थिए । बीबीसी

प्रतिक्रिया

सम्बन्धित