स्पाइनल ट्युमरको सफल शल्यक्रिया नेपाल आइडल २ का विजेता रवि ओड अस्पतालबाट डिस्चार्ज,

काठमाडौं / नेपाल आइडल २ का विजेता रवि ओड वि एण्ड वि अस्पतालबाट आइतवार डिस्चार्ज भएका छन् । स्पाइनल ट्युमरको सफल शल्यक्रिया भएपछि उनलाई आज अस्पतालले डिस्चार्ज गरेको हो ।उनको शल्यक्रिया एक हप्ता अगाडि भएको थियो। सरुमा छाती दुखेर अस्पताल पुगेका ओडको एमआरआई पछि स्पाइनल कर्डमा समस्या भएको थाहा भएको थियो ।

कर्डमा ट्युमर रहेको पाइएपछि उनलाई अस्पतालका डाक्टरहरुले शल्यक्रिया गर्नुपर्ने सल्लाह दिएका थिए । रविको उपचारमा संलग्न बरिष्ठ न्युरो सर्जन डा. प्रविण श्रेष्ठका अनुसार स्पाइनल ट्युमरको शल्यक्रिया जटिल तथा जोखिम हुने गर्छ । श्रेष्ठका अनुसार उनी अहिले पूर्ण रुपमा ठिक भइसकेका छन् । गित गाउँदा घाउमा सामान्य दुखाइ भने अझै २ हप्ता सम्म हुनसक्ने पनि श्रेष्ठले जानकारी दिए ।

ओडको स्पाइनल ट्युमरको शल्यक्रिया गर्न करिव तीन घण्टा लागेको पनि श्रेष्ठले जानकारी दिए । स्पाइनल कर्डमा भएको ट्युमर निकाल्दा साना साना नसालाई ख्याल गर्नुपर्ने हुदा या एकदम नै जटिल शल्यक्रिया भएको उनले बताए । श्रेष्ठका अनुसार रविलाई अब स्पाइनल कर्ड सम्वन्धि कुनै समस्या छैन । रविले आफ्ना फ्यानहरुलाई पूर्ण ठिक भएको र गाउन सक्ने सन्देश दिएका छन् । उनले नेपालका नै सम्भव हुने उपचार गर्न विदेश नजान पनि सबैलाई आग्रह गरे ।

रवि आइतबार विहान ११ वजे वि एण्ड वि अस्पतालबाट डिस्चार्ज भएका हुन । उनले आफ्नो गायन लाई निरन्तरता दिन कुनै समस्या नभएको पनि डाक्टर श्रेष्ठले जानकारी दिए । अस्पताल प्रसाशनले पनि ओडलाई आवश्यक परेको अवस्थामा सहयोग गर्न तयार रहेको बताएको छ ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित