ओखलढुंगाका अधिकांश औषधि पसल दर्ता बिनानै सञ्चालन, सरोकारवाला मौन

ओखलढुङ्गा / ओखलढुंगाका अधिकांश औषधि पसल अवैध रूपमा सञ्चालन भएको पाइएको छ। जिल्लाभित्र औषधि व्यवस्था विभागमा दर्ता नै नगरी आफूखुसी औषधि पसल सञ्चालन गरिरहेको पाइएको हो। औषधि व्यवस्था विभाग विराटनगरका अनुसार हाल ओखलढुंगाका २२ वटा औषधि पसल मात्रै दर्ता गरिएका छन्। दर्ता भएका २२ मध्ये पनि ५ वटा भेटेरीनरी औषधि पसल, एउटा होमियोपेथी र बाँकी औषधि पसल रहेको औषधि व्यवस्था विभाग विराटनगरका कार्यालय प्रमुख आशा थापाले बताइन्। यदि बिनाइजाजत औषधि पसल संचालन गरेको पाइएमा कानुनबमोजिम कारबाही गरिने उनको भनाइ छ।

जिल्लाका ८ स्थानीय तहमा रहेका ७५ वटा वडामा प्राय सबै स्थानमा औषधि पसल रहेका छन्। सबै स्थानमा औषधि पसल रहे पनि प्राय सबैले राज्यलाई ठगी रहेका छन् भने मानव स्वास्थ्यको खेलवाड गरी रहेका छन्। जिल्लाका सबै स्थानीय तहमा औषधि पसल रहे पनि औषधि व्यवस्था विभाग विराटनगरबाट अनुमति लिएका २२ पसलमध्ये १६ सिद्धिचरण नगरपालिका, मानेभञ्ज्याङ गाउँपालिकामा ४, चम्पादेवी गाउँपालिका र मोलुङ गाउँपालिकामा १–१ मात्रै रहेका छन्।

सिद्धिचरण नगरपालीका वडा नं. १२ १५० बढी औषधि पसल अवैध औषधि पसल तथा मेडिकलको नामले अधिकांश औषधि पसलहरु अवैध र अनुमतिबिनै सञ्चालनमा रहेका कारण मानव स्वास्थ्यमा स्वास्थ्यकर्मीहरुले नै खेलवाड गरेको लिखु गाउँपालिका(८ का स्थानीय कृष्ण मुदेलले बताए। जिल्लामा दर्ता भएका २२ औषधि पसल भए पनि १५० बढी औषधि पसलहरु अवैध रहेको दाबी उनी गर्दछन्। जिल्लाका आठ स्थानीय तहका ७५ वडाका प्रत्येक वडामा औषधि पसल रहेका छन् भने बजार क्षेत्रहरुमा दुईदेखि तिन औषधि पसलहरु सञ्चालनमा रहेका छन ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित