संस्कृति ज्ञान परीक्षामा दुई हजार हजार विद्यार्थी

माेरङ / विद्यार्थीहरुलाई धर्म, संस्कृति तथा नैतिक शिक्षाको जानकारी गराउन उद्देश्यका साथ स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा २०७५ सम्पन्न भएको छ । स्वामी विवेकानन्दको “आदर्श विद्यार्थी, आदर्श नागरिक”भन्ने उद्दघोषलाई आत्मसात गर्दै स्वामी विवेकानन्द संस्कृति ज्ञान परिक्षामा दुइ हजार भन्दा बढी बिद्यार्थीले सहभागीता जनाएका थिए । उक्त परीक्षामा श्री आर्दश उच्च मा. वि. की प्रियंका झा प्रथम, मनकामना स्कुलका प्रशान्त कुमार यादव दोस्रो र बुढीगंगा पब्लिक स्कुलका दर्शन गौतम तेस्रो भए । प्रथम हुनेलाई न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटि हस्पिटलको तर्फबाट रु ३१ हजार, दोस्रो हुनेलाई उधोग संगठन मोरगंबाट रु २१ हजार र तेसा्रे हुनेलाई रु ११ हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरिएको छ ।त्यस्तै सान्तवना पुरस्कार प्रप्त गर्ने १० जनाले प्रमाणपत्र सहित सम्मान गरेका थिए ।

यता , आफ्नो धर्म, संस्कार र परम्पराबारे विद्यार्थीलाई परिचित गराउन यस्तो परीक्षा आयोजना गरिएको र यसलाई निरन्तरता दिइने आयोजक हिन्दू स्वयमसेवक संघका महेन्द्र साहले बताउनुभयो । यस्तै न्यूरो अस्पतालका संस्थापक तथा वरिष्ठ न्यूरोलोजिस्ट डाक्टर बिरेन्द्रकुमार विष्टले धर्म र संस्कृतीको रक्षा बाट मात्र समाज र राष्ट्र विकसित हन सक्छ भन्दै स्वामी विवेकानन्दको ज्ञानको आफनो जिवनमा ठुलो प्रभाव रहेको बताउनुभयो ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित