सुन्दरहरैचामा हात्तीपाईले रोगको औषधी खुवाईदै , ७२ हजार ७ सय ५ जनालाई औषधी खुवाउने
सुन्दरहरैचा / मोरङको सुन्दरहरैचा नगरपालिकाले फागुन १५ गते देखि स्वास्थ्य सेवा दिवसकाे अवसर संगै हात्तीपाईले रोग विरुद्धको औषधी खुवाउने अभियान संन्चालन गरिएकाे छ ।
अहिले सम्म यस नगरमा हात्तीपाईले राेगकाे खासै लक्षण देखा नपरेको भए पनि रोग लाग्नु भन्दा लाग्न नदिने गरी औषधी सेवन गर्नका लागी प्रत्येक वाड वाडमा गएर औषधी खुवाउने अभियानलाई तिव्र रुपमा अघि बढाईएकाे नगरप्रमुख शिवप्रसाद ढकालले बताए ।
सुन्दरहरैचामा ७२ हजार ७ सय ५ जनालाई हात्तीपाईले विरुद्धकाे औषधी स्वास्थ्यकर्मीले खुवाउने , वितरण गर्ने योजना बनाएकाे नपाले जनाएको छ । नगर स्वास्थ्य शाखाका संयोजक उदेश श्रेष्ठले २ बर्ष भन्दा मुनिका वालवालिका ,गर्भवति महिला, सात दिनका सुत्केरी तथा सिकिस्त विरामी वाहेक सवैले औषधी ढुक्क संग कुनै डर तथा सङ्खा नमानी सेवन गर्न मिल्ने बताए ।
नगरपालिकाले सो अभियानमा ४० जना भन्दा वढी स्वास्थ्यकर्मी परिचालन गरेकाे जनाएको छ । सुन्दरहरैचा नपाले संचारकर्मी तथा राजनीतिक दल लगायत सम्बन्धीत सराेकारवालकाे सहभागीतामा हात्तीपाहिले राेग सम्बन्धमा अन्तरक्ीया कार्यक्रम समेत संचालन गरेकाे थियाे । नगरकाे सबै वडामा अाैषधी लगायत अावश्यक समान पठाएकोले याे अभियानका लागि १० दिनकाे समय लाग्ने तथा विधालयलाई हात्ती पाईलेकाे अाैषधी खुवाउन मुख्य केन्द्र बनाएकाे नगर स्वास्थ्य सहसंयाेजक लिलामणि दाहालले जानकारी दिए ।
प्रतिक्रिया