नेपालमै पहिलो पटक न्यूरोमा सफल ड्रग एल्यिूटिङ बेलुन एन्जियोप्लास्टि प्रोसिडियोर

बिराटनगर / बिराटनगर स्थित न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटि हस्पिटलमा नेपालमै पहिलो पल्ट सफल ड्रग एल्यिूटिङ बेलुन एन्जियोप्लास्टि प्रोसिडियोर भएको छ । न्यूरो अस्पतालका बरिष्ठ इन्टरभेन्सनल न्यूरोलोजिस्ट डाक्टर समर्थ सिहंको नेतृत्वमा चिकित्सकहरुको टोलीले पक्षघात भएका बिरामीलाई ड्रग एल्यिूटिङ बेलुन एन्जियोप्लास्टि गरी पूनः घातक पक्षघात हुनबाट बचाएको हो ।

हिले १ निवासि बिरामी सोभा परियारले न्यूरो अस्पतालले मलाई नयाँ जिवन दिएको बताइन् । बिरामी परियार बिगत एक बर्ष देखि भारतको बिभिन्न अस्पताल तथा काठमाण्डौंको दर्जनौं अस्पताल धाएपनि उपचार नभएको बिरामी परियारका श्रीमान अशोक भुजेलले बताउनुभयो । सोभा इन्ट्रा क्रिनियल, स्टेरोसिस र मधुमेह लगायतको रोगबाट ग्रसित थिइन् । घाँटि भन्दा माथिल्लो भागको नशामा बोसो जम्दा रक्तको बहाब अवरुद्ध हुँदा यो रोग लाग्ने गरेको न्यूरो अस्पतालका बरिष्ठ इन्टरभेन्सनल न्यूरोलोजिस्ट डाक्टर समर्थ सिहंले जानकारी दिनुभयो । यो रोग लागेमा घातक पक्षघात हुने सम्भावना प्रवल रहेको उहाँले बताउनुभयो ।

नेपालमै पहिलो पटक इन्ट्रा क्रिनियल बेलुन एन्जियोप्लास्टि गरि इन्ट्रा क्रिनियल जस्तो रोगकोे न्यूरोले सफल शल्यिक्रया गरेको र उक्त शल्यिक्रयाका लागि १ लाख १० हजार रुपैयाँ छुट दिएको अस्पताल प्रसासनले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित