रमेश प्रसाईले अस्पताल बनाउन एक लाख दिएपछि , ज्वाला संग्रौलाले भनिन्,’म दुवै आँखा दिन तयार छुँ’

सुनसरी / सामाजिक सञ्जालमा खरो भाषण गरेर चर्चामा आएका धरानका रमेश प्रसााईको यतिबेला चौतर्फी प्रशंषा भईरहेको छ । उनले पब्लिक स्पीकर अवार्ड बिजेता भएर प्राप्त रकम र अर्को कार्यक्रममा प्राप्त रकम मध्ये राष्कोट सामुदायिक अस्पताललाई रवि लामिछाने र डा.मुकुल दाहाल मार्फत १ लाख ५ हजार सहयोग गरेका छन् । सहयाेग गरे पश्चात लेखिका ज्वाला संग्रौलाले फेसबुकमा यस्तो स्टाटस सार्वजानिक गरेकी छिन् ।

जिन्दगीलाई पूर्ण बनाउन त कहिले पनि नसकिएला तरपनि जीवन्त बनाउने प्रयास भने निरन्तर गरिरहनु पर्छ भन्ने कुरा आज मैले यो तस्विर हेरेर सिकें । धन्यबाद छ ती नेपाल आमाहरुलाई जस्ले रमेश प्रसाई र रवि लामिछाने जस्ता छोराहरुलाई यो धर्तीमा पाईला टेकाईदिए । सानै उमेरमा बुबाआमा गुमाएर जिन्दगीका अनेकौं अभाब, दुख र संघर्षका नागीहरु छिचोल्दै आफ्ना सपनाहरुलाई तिलान्जली दिएर देशका निम्ति समर्पित हुँदै आफ्नो कर्मले ३ करोड नेपालीको मन जित्न सफल रबि लामिछाने र निम्न बर्गीय परिवारमा असाधारण क्षमता बोकेर जन्मिएका, सानो छँदा हेपिएका, चेपिएका, गिज्याईएका र कठै भनिएका रमेश प्रसाई जस्ले आफुलाई अरुको आँखाबाट नहेरी आफ्नो मनको आँखाबाट आफूलाई अवलोकन गरेर आफुभित्रै सम्भावना खोजे र त्यो सम्भावनालाई आफ्नो आवाजमा परिणत गरेर आज पुरै देशै हल्लाउन सफल भए, यी दुई ब्यक्तिहरु नै मेरो नजरमा आजका देशका असली हिरोहरु हुन् ।

“पब्लिक स्पीकर २“ मा प्रथम भई आफूले जितेको ३ लाख नगद मध्ये एकलाख रकम रास्कोट अस्पतालको लागि रमेश प्रसाईले दिएका छन् । चन्दा उठाएर समाजसेवी बन्न खोजिस् , गरिबको गाँस लुटेर पैसा मागिस् भन्नेहरुले रमेश प्रसाईँबाट केहि सिक्नुहोला ! एउटा ब्यक्ति जस्को आर्थिक स्थिति यसै कमजोर छ, उसमाथी पनि अरु साधारण मानिस जस्तो हिँड्न, दौडन र उफ्रन सक्दैन, जस्को बाहिरी संसार जन्मजातै अन्धकार छ, त्यस्तो ब्यक्तिले समेत आफूले पाएको पुरस्कारको ३३ प्रतिशत रकम दुर्गम ठाउँका बालबच्चा र सुत्केरीले बाँच्न पाउनु पर्छ भन्दै सहयोग गरेको छ । एउटा गरिबको लागि एकलाख रुपैया धेरै ठूलो पैसा हो मेरोजस्तो गरिब देशमा ।

रमेश प्रसाई भाई, यदि मेरो दुबै आँखा दिँदा तपाईले संसार देख्न पाउनु हुन्थ्यो भने कसम म खुसी भएर नेत्रदान गर्ने थिएँ । मैले त यो संसारको कालो, मैलो, सेतो, सङ्लो, धमिलो, फुस्रो र खस्रो सबैसबै रङहरु देखिसकें। मैले भन्दा बढि यो देशका सबैखाले रङरोगनहरु तपाईले देख्न जरुरी छ। के मेरो आँखाले बाँकी संसार तपाईले हेर्न मिल्छ ? मिल्छ भने मेरो दुबै आँखा लिनुहोस् , म दिन तयार छु !!

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित