आगोले पोलेका होम बहादुरलाई उपचारका लागी आर्थिक सहयोगको अपिल

तेह्रथुम / आर्थीक रुपमा बिपन्न परिवारका छथर गाउँपालिका ४ फाक्चामाराका होम बहादुर सार्की १ बर्षदेखी आगोले पोलेको पिडा सँगै बाँच्ने आशामा छन । २०७४ साल मंसिरमा आगोमा परि दाहिने हातको सँगै छातीका साथै आधा शरिर जलेको थियो । आर्थीक रुपमा बिपन्न परिवारका सार्की जहान परिवार चलाउन बनीबुतो गर्दै परिवार धान्दै आएका थिए । जसोतसो परीवारलाई खुशी राख्दै आएका सार्कीको जीवनमा गतबर्षको मंसिर सामान्य अबश्था रहेन । उनको जीवनमा बज्रपात नै भयो । ४४ बर्षीया सार्की सदादिन झै घरमा भएको सिटोपिठो पकाई तुल्याई गर्ने क्रममा उनकी श्रीमती महिनावरी भएकाले सार्की आफै भान्सामा खाना बनाएर परिवारलाई दिए । सार्कीलाई बिसन्चो भएको महशुस भएकाले केही समयपछी खाने परीवार भनेर आगो ताप्दै उनी बसी रहे भने उनका परिवार खानपिन गरेर सुते ।

आगो ताप्दै बसेका सार्की कुनबेला बेहोस भएर आगोमा ढले परिवारले थाहा नै पाएनन् । घरमा मासुको गन्ध आएपछी उनका श्रीमती छलिमाया आतिन्दै घरभित्र पुग्दा उनका श्रीमानको आधा शरिर जले सकेको थियो । छिमेकीलाई हारगुहार गर्दै रिनपान गरेर धरान स्थीत बिपी कोईराला बिज्ञान प्रतिष्ठानमा उनका श्रीमतीले पुर्याए । घरको जायजेथा र रिन गरी १ लाख ५० हजार खर्च भएपनी उनको घाउ निको नभएपनी निरास हुँदै घर फर्किएको उनको श्रीमती छलिमायाले बताईन । १८ दिनमा १२ छाक मात्रै खाना खाँदै श्रीमानलाई बचाउने आशमा छलिमाया उपचार गराएकी बताउछिन । उपचारका लागी २० दिन सम्म प्रतिष्ठानमा राखेपछी उपचारका आर्थीक अभाब भएपछी घर फर्काएको छलिमायाले बताईन ।

जिउभरी आगोले पोलेको घाउ सँगै यतीबेला सार्की उपचारका लागी हात थापी रहेका छन । सार्की भन्छन् मलाई बाँच्न चाहान्छु । अहिले स्थानीय फाक्चामारा स्वास्थ्यचौकीमा सामान्य उपचार गर्दै आएका छन । स्वास्थ्य चौकीमा ईन्चार्च डम्बर चेम्जोङले भने केही महिना अघी सम्म घाउमा किरा परेका थिए । अहिले अलिक ठिक भएको छ । उपचारका लागी सुबिधा सम्पन्न अस्पतालमा पुर्याउन सके उपचार सम्भब छ । सार्कीको २ छोरा १ छोरी श्रीमती गरी ५ जनाको परिवार रहेका छन ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित