फागुन १५ देखि हात्तीपाइले बिरुद्धको अभियान (जानकारीकाेलागी सेयर गराैं)

पथरी / मोरङको पथरी शनिश्चरे नगरपालिकाले हात्तीपाइले रोगलाई नगरवाटै निर्मुल पार्न आगामी फागुन १५ वाट हात्तीपाइले विरुद्धको औषधी खुवाउने अभियान सुचारु गर्ने भएको छ । विश्वका करडौ मानीसहरु हात्तीपाइले रोग बाट ग्रसित भएका र औषधी सेवन गरि पुर्न जिवन पाएकोले यो औषधी सबै जनसमुदाय सम्म पुर्याउन राज्यले अभियानै सुरु गरेको छ । राज्यको अभियान अन्तरगत फागुनको १५ देखि ७ दिन सम्म सबैको पहुचमा औषधी सेवन गर्ने लक्क्षका साथ नगरपालिका सकृय बनेको छ । गर्भवती महिला र २ बर्ष मुनिका बालबालिका बाहे सबैले प्रयोग गर्न मिल्ने औषधी स्वास्थ स्वयम सेबिकाहरु द्धारा प्रत्येक वडामा केन्द्रै तोकी खुवाईदै छ ।

औषधी सेवनले कसैलाई वाकवाकी लाग्ने, बान्ता हुने, रिङ्गटा लाग्ने आदि जस्ता लक्षणहरु देखा परे पनि नआतीन नगर स्वास्थ्य संयोजक मुरारी आर्चायले आग्रह गरेका छन् । आचार्यले भने त्यस्तो लक्षण आएमा औषधीले काम गरेको हुनाले कुनै असर नगर्ने बताए । साथै उनले औषधि, खाना या नास्ता खाएपछि खाएमा यस्ता असर धेरै कम देखा पर्ने र खास गरिकन यस्ता असर यो रोगका परजिवि भएका ब्यक्तीलाई हुन सक्ने र परजिविको संख्या अनुसार असर पनि घटबढ हुने उनले वताए ।

हात्तीपाइले रोगको औषधी पाँच दशक पहिले नै विकास भै हाल सम्म सोही औषधि उपचारमा प्रयोग हुदै आएको र विश्व स्वास्थ्य संगठन्ले पनि मान्यता दिएको औषधी भएकोले ढुक्क भएर औषधी प्रयोग गर्न उनले आव्हान समेत गरेका छन् । पथरीशनिश्चरे नगरपालिका क्षेत्रमा औषधि सेवन संबन्धी अन्तरकृया कार्यक्रममा बोल्दै नगर प्रमुख दिलिपकुमार राईले सवै नगरवासीलाई औषधि खानका लागि आव्हान गरेका छन् । फागुन १५ गते बाट प्रत्येक वडामा औषधी सेवनको उद्घाटन् गरी घर घरमा गएर स्वास्थ्यकर्मीले औषधि खुवाउने अभियान रहेको ले ढुक्क भएर औषधी सेवन गर्न अपिल गरेका छन् ।

नगरपालिकाले यस पटक ५० जना स्वास्थ्यकर्मी परिचालन गरी १ साताको अवधिमा सवैलाई औषधि खुवाइ नगरबाट हात्तीपाईले रोग निर्मुल पार्ने योजना वनाएको छ । गरमा हाल १ दर्जनको संख्यामा हात्तीपाइले संक्रमित भई औषधि खाईरहेका छन ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित